एजेन्सी,
बलिउड नायिका अनुष्का शर्माले फिल्म ‘ए दिल हे मुश्किल’ का निर्माता–निर्देशक करन जोहरविरुद्ध यौनहिंसा गरेको आरोपमा मुद्दा दर्ता गर्ने सोच बनाएको बताइन् । करनले उनलाई निकै नराम्रो तरिकाले छुने गरेको आरोप लगाएकी छिन् । अनुष्काले यो खुलासा उनकै च्याट शो ‘कफी विद करन’ मा गरेकी हुन् ।
– करनको कार्यक्रममा अनुष्का कट्रीना कैफसँग पुगेकी थिइन्, जो उनको खुलासा पछि द्वीविधामा भएको देखिइन् ।
– कट्रिनाले यो क्रममा करनको पक्ष लिँदै भनिन्, ‘तिमीलाई त्यस्तो लागेको मात्र पनि हुनसक्छ ।’
– यता करनले भने आफूले त्यतिबेला जिस्किरहेको प्रष्ट पारे ।
यसरी सार्वजनिक भयोः
– कार्यक्रमको बिचमा करनले फिल्म ‘ऐ दिल हे मुश्किल’ को सुटिङका बेला आफू अनुष्का प्रति आकर्षित भएको स्विकारेका थिए ।
– यहिबाट घटनाले नाटकीय मोड लिएको थियो ।
– अनुष्काले कट्रिनालाई बताइन्, ‘माफ गर, म करनविरुद्ध यौन हिंसाको मुद्दा दर्ता गर्ने सोच बनाएको थिएँ । सुटिङको क्रममा कहिलेकाँही उनी मलाई निकै गलत तरिकाले छुने गर्दथे ।’
ज्याकलिनसँग पनि यस्तै व्यवहार गरेको आरोपः
– जब करनले यसबारे सफाई दिए तब उनीमाथि अर्की एक नायिकालाई पनि यस्तै व्यवहार गरेको आरोप लगाइन् ।
– अनुष्काका अनुसार यसै वर्ष फेशन डिजाइनर मनिष मल्होत्राको पार्टीको क्रममा उनले ज्याकलिन फर्नान्डेजलाई पनि गलत तरिकाले छोएका थिए ।
विवादले चर्किएपछि कट्रिनाले बिचमै रोकिन्ः
– जब अनुष्का र करनको बिच बहस चर्कियो तब उनीहरुलाई कट्रिनाले बिचमै रोकिन् ।
– उनले भनिन्, ‘ हामी यो विषयमा जहिले पनि कुरा गर्न सक्छौं । म तपाईंहरु दुबैजनालाई प्रेम गर्दछु र तपाईंहरुलाई केही नराम्रो होस् भन्ने चाहन्नँ ।’
Post a Comment