कारण आफ्नो देशको अर्थतन्त्र पनि डामाडोल भएको स्वीकार गरे । चीनले मंगोलियालाई दिने भनिएको ४ करोड २० लाख अमेरिकी डलर ऋण प्रभावित भएको छ । यसअघि धर्मगुरु दलाई लामालाई उलनबटार आउन दिएलगत्तै चीनसँग उसको सम्बन्ध बिग्रिएको थियो । उनलाई स्वागत गरेलगत्तै चीनले आक्रोश व्यक्त गर्दै मंगोलियाले चीनविरोधी काम गरेको धारणा सार्वजनिक गरेको थियो । लामालाई मंगोलिया प्रवेश गर्न नदिन चीनले चेतावनी दिँदै आएको थियो ।
मंगोलियाले लामाको भ्रमण धार्मिक हुने बताउँदै चीनको भनाइ लत्याएको थियो । चीनको विरोध हुँदाहुँदै पनि मंगोलियास्थित बौद्ध भिक्षुहरूले दलाई लामाले भेटेका थिए । मंगोलिया बौद्ध धर्मावलम्बी देश हो । गत नोभेम्बरमा भएको भ्रमणका क्रममा दलाई लामाले आफ्नो मंगोलिया भ्रमण विशुद्ध धार्मिक उद्देश्यले भएको बताएका थिए । दलाई लामाले स्वतन्त्र तिब्बत पक्षधरलाई सहयोग गर्दै आएको चीनको दाबी छ ।
गत साता चीनले आफ्नो सीमास्थित प्रमुख चौकी बन्द गरेपछि मंगोलियामा ट्रक आवागमन ठप्प भएको छ । एक हजारभन्दा बढी मालवाहक ट्रक चिनियाँ सिमानामा रोकिराखेका छन् । यसबाट मंगोलियामा वस्तु अभाव भएको छ । ती ट्रकमा तामा र कोइला लोड गरिएको छ ।
ओर्गिलले दुबै देशका तर्फबाट द्विपक्षीय सम्बन्ध सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिएका छन् । यसैगरी मंगोलियाबाट आफ्नो देश प्रवेश गर्ने ट्रकहरूमा चीनले अत्यधिक शुल्क लगाएको थियो । योसँगै मंगोलियामा आर्थिक संकट देखापरेको थियो । मंगोलिया चीन र रूसको बीचमा अवस्थित भूपरिवेष्ठित देश हो ।
Post a Comment