Latest Updates :

फेरि मिल्छन् त प्रचण्ड र बाबुराम ? (भिडियो रिपोर्ट)


SHARE THIS POST :

काठमाडौंः तत्कालीन एकीकृत नेकपा माओवादीलाई मक्किएको र रातो स्टिकर टाँसेको घरसँग तुलना गर्दै पार्टी छोडेको १६ महिनापछि सोमबार पुराना सहयात्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलो पटक एउटै मञ्चमा देखिए।
नेकपा माओवादी केन्द्रका सांसद स्वर्गीय भक्ति पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’ को विमोचन समारोहमासँगै देखिएका प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक भट्टराई दुवैले आफूहरु मिल्ने परिस्थिति आएकोे बताएका थिए। अहिलेसम्मका राजनीतिक उपलब्धि जोगाउन आफूहरुको सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ थियो।
कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूहरुलाई एकअर्काको भावना बुझ्न कठिन नभएको भन्दै सहकार्यको आवश्यकता औल्याए। स्वर्गीय भक्ति पाण्डेको चाहाना पनि प्रचण्ड र बाबुराम एकै ठाउँमा रहुन् भन्ने रहेको स्मरण गर्दै प्रचण्डले विमतिकाबीच पनि सहमतिको विन्दु भेटिने विश्वास व्यक्त गरे।
प्रचण्डले सहकार्यको कुरा गरेपछि बाबुरामले पनि सोही आशयको भनाइ राखेका थिए। प्रचण्डसँग विचार नमिलेका कारण नयाँ शक्ति गठन गरेको स्पष्टिकरण दिँदै बाबुरामले हालसम्म प्राप्त ऐतिहासिक उपलब्धि रक्षाका लागि आफूहरुबीच सहकार्य हुने बताए।
१० वर्षे सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियाको अन्तिम चरणसम्म पनि सँगै पार्टीमा बसेर प्रचण्डसँग सहकार्य गरेका भट्टराई संविधान जारी भएलगत्तै पार्टी परित्याग गरेर नयाँ शक्ति गठनको अभियानमा जुटेका थिए। त्यसपछि दुई नेताबीच लामोे समयसम्म आरोप–प्रत्यारोप चलेको थियो।
प्रदेश विभाजनमा देखिएको विवादका कारण संघीयतामाथि प्रश्नचिन्ह लागेको र पछिल्लो समय पूर्व राजाले दिएको अभिव्यक्तिले गणतन्त्र धर्मराएको भनिएका बेला भट्टराई र प्रचण्डको सहकार्यको घोषणालाई महत्वका साथ हेरिएको छ। यद्यपी उनीहरुको अमूर्त सहकार्यको घोषणा कसरी कार्यान्वयन हुन्छ हुन्छ भन्ने हेर्न चाहिँ केही समय कुर्नै पर्ने देखिन्छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv