काठमाण्डौं, पुस १२ । हाँस्यकलाकार तथा मोडल निरु खड्का ‘निर्मली’ले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छिन् । आज उनले फेसबुकमा नवजात शिशु सहितको फोटो राख्दै दोस्रो पटक आमा बनेको भन्दै आफ्ना फ्यानहरुमाझ खुशी बाँडेकी छिन् ।
शिशुका दुई वटा तस्विर राखेकी निर्मलीले लेखेकी छिन् , ‘एउटा लामो प्रसव पीडापछि पुन: एकपटक आमा भए। हामीलाई माया गरेर ख्याल गर्नुहुने सम्पूर्णमा हामी स्वास्थ्य रहेको कुरा भन्न चाहें। मायाको लागि सदा नमन।’
निर्मली लामो समयदेखि मेरी बास्सै टेलिश्रृंखलामा धुर्मुसकी दिदी बनेर अभिनय गर्दै आएकी थिइन् । मेरी बास्सैका अलावा कैयौँ गीत तथा सिरियलहरुमा पनि उनले आफ्नो कला देखाउँदै आएकी थिइन् ।
Post a Comment