काठमाडौं । करिब साढे तीन करोड बराबरको सात किलो सुन सहित एक चालक कलंकीबाट पक्राउ परेका छन् ।
हाईलक्स गाडीमा रसुवाबाट धादिङको बाटो हुँदै काठमाडौं आउन लागेको चालकलाई बिहीबार सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
स्रोतका अनुसार चिनियाँ बाटो हुँदै रसुवाको केरुङबाट उक्त सुन नेपाल भित्र्याएको बुझिन्छ । त्यत्तिका धेरै सुन कसको हो र कसलाई दिन ल्याइएको हो भन्ने खुलेको छैन ।
महानगरीय अपराध अनुसन्धान विभागको टोलीले त्यतिका परिणाममा सुन पक्रेको हो । प्रहरीका अनुसार सुनका मालिकले चालकलाई भरियाको रुपमा प्रयोग गरेको देखिन्छ ।
Post a Comment