काठमाडौं- पश्चिम नेपालमा तराईबाट अगल गर्दै पहाडी जिल्ला ४ नम्बर प्रदेशमा पारिएको आन्दोलन जारी रहेका बेला एक नम्बर प्रदेशका १४ जिल्ला नटुक्र्याउन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई मोरगंमा १४ किलोको माला लगाइएको छ ।
मोरङका पार्टी सभापति डिकबहादुर लिम्बुले विमानस्थलमा देउवालाई यसरी १४ जिल्ला अटुट रहेको सन्देश दिंदै १४ किलोको माला सभापति देउवालाई पहिरयाएका हुन् । तर, पूर्वका झापा, मोरङ र सुनसरीलाई कसरी मिलाउने भन्ने विवाद छ ।
पश्चिम नेपालका पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुममा अहिले जिल्ला नै ४ नम्बर प्रदेशमा हाल्ने तयारी गर्दै संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता भएपछि आन्दोलन उठेको हो ।
देउवाले दलीय सहमतिमा नै संसोधन पारित हुने दाबी मात्र गरेनन् पुरानै संरचनामा स्थानीय चुनाव हुने ठोकुवासमेत मोरङमा आयोजित कार्यक्रममा गरेका छन् ।
Post a Comment