Latest Updates :

अन्तर्राष्ट्रिय रेडक्रसले सिरियाको द्वन्द्वग्रस्त अलेप्पो शहरबाट आफूले १५० सर्वसाधारणको उद्धार गरेको बताएको छ।


SHARE THIS POST :
अन्तर्राष्ट्रिय रेडक्रस आइसीआरसीले सिरियाको द्वन्द्वग्रस्त अलेप्पो शहरबाट आफूले करिब १५० मानिसहरुको उद्धार गरेको बताएको छ।
उद्वार गरिएकामध्ये अधिकांश अशक्त र वृद्ध सर्वसाधारण रहेको जनाइएको छ।
भीषण लडाइँपछि उक्त शहर सरकारी फौजले विद्रोहीहरुबाट पुन: नियन्त्रणमा लिएको हो।
दयनीय अवस्था
उद्धार गरिएका मानिसहरु पहिले विद्रोही नियन्त्रित पुरानो अलेप्पो शहरको एउटा वृद्धाश्रममा कयौं दिनसम्म फसेका थिए।
धेरैलाई चोटपटक लागेको र कतिपय हिंड्न नसक्ने अवस्थामा पुगेको बताइएको छ।
आइसीआरसीले जारी गरेको वक्त्व्य अनुसार उक्त आश्रयस्थलमा शारीरिक अपांगता भएका तथा मानसिक उपचार आवश्यक परेका मानिसहरु बसिरहेका थिए।
अन्य तीन दर्जन सर्वसाधारणले पनि त्यहां शरण लिइरहेका थिए।
११ जनाको भने दोहोरो भिडन्तमा वा औषधि अभावका कारण ज्यान गएको थियो।
पछिल्लो उद्धार कार्यमा आइसीआरसी र सिरियाली अरब रेड क्रिसेन्ट संयुक्त रुपमा सहभागी भएका थिए।
सरकारी फौजले पूर्ण नियन्त्रण कायम गरेको केही घण्टामै बुधबार राति उक्त उद्धार कार्य भएको थियो।
निराशा
मानवीय सहायतासम्बन्धी राष्ट्रसंघीय सल्लाहकार यान एगेल्याण्डले सो कार्यलाई साहसिक भनेर प्रशंसा गरेका छन्।
जिनिभामा कुरा गर्दै उनले सिरियामा सहायता पुर्याउनका लागि उनले अहिलेसम्म नभोगेको कठिन र निराशाजनक वार्ता प्रयासहरु झेलेको बताएका छन्।
पछिल्लो तीन सातामा सरकारी फौजले पूर्वी अलेप्पोको ७५ प्रतिशत भूभाग पुन: नियन्त्रणमा लिइसकेको छ।
ती क्षेत्र चार वर्षयता विद्रोहीहरुको नियन्त्रणमा थिए।
लडाइँका कारण सयौं मानिस मारिएका छन् र दशौं हजार विस्थापित भएका छन्।
अहिले पनि विद्रोहीको पकड कायमै रहेको क्षेत्रहरुमा १ लाखभन्दा बढी मानिसहरु घेराबन्दीमा परेको अनुमान गरिएको छ।
ती क्षेत्रमा खाद्यान्न अभाव भएको छ र अस्पतालहरुले पनि सेवा दिन छाडेका छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv