आज आएर बल्ल खुल्यो रहस्य :माओवादीले यसरी ल्याउँथ्यो भारतबाट जनयुद्धका लागि हतियार ! -
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ हतियार कारोबारका सन्दर्भमा पनि लागू हुन्छ । कुनै काम गर्नुपर्यो भने त्यसको सफलता वा असफलता मानिसको इच्छाशक्तिमा निर्भर हुन्छ । इच्छाशक्ति भएपछि जति कठिन काम पनि सहज हुन्छ । जति डरलाग्दो काम पनि सामान्य लाग्छ । ‘असम्भव’ शब्द त इच्छाशक्ति नभएका मानिसहरुका हकमा मात्र लागू हुन्छ ।
हामी सामान्य नेपाली किसानका छोरा हौँ । हामी कुटोकोदालो, हँसिया खेलाउँदै हुर्कियौँ । मलाई पनि सानो छँदा सेना-प्रहरी भनेका अत्यन्त शक्तिशाली हुन्छन् भन्ने लाग्थ्यो । एउटा प्रहरी गाउँमा गयो भने सारा गाँवै थर्कमान हुन्थ्यो । एउटा प्रहरीले सय-डेढ सय मानिसलाई पक्रेर सदरमुकामसम्म लैजान्थ्यो । म पनि अरुजसरी नै राइफलदेखि तर्सन्थेँ । आफ्नो साथमा गोला-बारुद हुनु भनेको कल्पनाबाहिरको कुरा थियो । राइफल, गोला-बारुद, जिलेटिन जस्ता वस्तु प्राप्त गर्नु भनेको असम्भव जस्तो लाग्थ्यो । सामान्य गाउँलेहरुले यी सामग्रीबारे जस्तो सोच्थे, सानो छँदा म पनि त्यस्तै सोच्थेँ ।
तर, हतियार र गोला-बारुद भन्ने चीज पशुपतिमा पाइने गाँजा जस्तै रहेछन् । हामी सामान्य मान्छेले पशुपति पुगेर गाँजा खान खोज्यौँ भने, जति खोज्दा पनि एक चिलिमधरि पाउन्नौँ । तर, गँजडीहरुका हकमा यो लागू हुन्न । उनीहरु पशुपति पुगे भने एक डोको गाँजा फेला पार्न सक्छन् ।
जब जनयुद्ध शुरु भयो र पार्टीले हतियार खरीद गर्ने नीति बनायो, त्योबेला पनि पार्टीले खुलारुपमा हतियार बेच्ने दोकान भेट्टाएर हतियार किन्न खोजेको थिएन । जनमुक्ति सेनाका लागि हतियार आवश्यकता पर्यो, खोज्न थालियो । खोज्दै जाँदा कारोबारीहरु भेटिए
हतियार भन्ने वस्तु पनि यस्तै रहेछ । सामान्य मानिसलाई के के न ठूलो चीज हो जस्तो लाग्ने, उनीहरुले खोजे भने पाउनै मुश्किल, तर आवश्यकता भएपछि र यसको खोजी शुरु गरेपछि, कारोबारमा अभ्यस्त भएपछि चाहिँ जति पनि पाइने ! अलिअलि कारोबार गरेपछि त यसका कारोबारीहरु नै बिक्रीका लागि खोज्दै आइपुग्ने !
जब जनयुद्ध शुरु भयो र पार्टीले हतियार खरीद गर्ने नीति बनायो, त्योबेला पनि पार्टीले खुलारुपमा हतियार बेच्ने दोकान भेट्टाएर हतियार किन्न खोजेको थिएन । जनमुक्ति सेनाका लागि हतियार आवश्यकता पर्यो, खोज्न थालियो । खोज्दै जाँदा कारोबारीहरु भेटिए ।
अहिले पनि पार्टीले सशस्त्र सङ्घर्ष गर्ने भन्यो, खोज्ने जिम्मेवारी दियो भने खोज्न नसकिने होइन । हिजो जसरी ल्याएका थियौँ, अब पनि त्यसरी नै ल्याउन सक्छौँ । हतियार फेला पार्नु कुनै कठिन काम होइन ।
हतियार प्राप्त गर्नु त्यति कठिन काम होइन भन्ने मैले हर्रेबर्रे काण्डताका अलिअलि बुझिसकेको थिएँ । जनयुद्धका क्रममा जब मलाई सप्लाई विभागको जिम्मेवारी दिइयो र बर्माको सिमाना मणिपुरदेखि लखनउसम्म पुगेर हतियार ल्याएँ, इच्छाशक्ति र योजना भयो भने जतिसुकै आधुनिक हतियार पनि ल्याउन सकिँदो रहेछ भन्ने जानेँ बुझेँ । इच्छाशक्ति र आवश्यक रकम हुने हो भने यस्ता सामान किनेर सुरक्षित रुपमा नेपालसम्म ल्याउन सकिने रहेछ ।
तर, हतियारको कारोबार गलत उद्देश्यका लागि गर्नु चाहिँ हुँदैन ।
भारतमा जस्तो शासन प्रणाली छ, त्यो रहुन्जेल जति बेला चाहृयो त्यति बेला स-सानो परिमाणमा भए पनि हामी आफूलाई चाहिने हतियार ल्याउन सक्छौँ तिनै हतियारका बलमा सशस्त्र आन्दोलन अघि बढाउन सक्छौँ । किनभने, त्यहाँ पनि प्रहरी-प्रशासन भ्रष्ट छ । अलिकति पैसो दिने हो भने उनीहरुले यस्ता सामान ल्याउँदा त्यति कडाइ गर्दैनन् ।
तीबाहेक त्यहाँ विभिन्न अपराधी समूह पनि छन् । उनीहरु हतियारको कारोबार गर्छन् । प्रहरी-प्रशासनसँग उनीहरुको मिलोमतो हुन्छ । उनीहरुबाट पनि हतियार प्राप्त गर्न सकिन्छ । त्यहाँ पनि शोषण र अत्याचार छ । विभिन्न ठाउँमा सशस्त्र सङ्घर्ष जारी छ । उनीहरुसँगको सम्पर्कबाट हातहतियार लगायतका युद्धसामग्री प्राप्त गर्न सकिने स्थिति छ, अहिले पनि ।
दक्षिणतिर भारतको साटो चीन हुँदो हो त, सहज रुपमा हतियार ल्याउन सम्भव हुने थिएन । हुन त, हाम्रा साथीहरुले चीनबाट पनि हतियार नल्याएका होइनन् । तर, भारतबाट ल्याउनुजत्तिको सजिलो चीनबाट ल्याउन पक्कै थिएन । जस्तो- चीनमा पक्राउ परेपछि हाम्रा साथीहरुलाई मृत्युदण्डको सजाय सुनाइयो । भारतमा चाहिँ यस्तो कडा सजाय हुँदैन ।
हतियार खरीद र सप्लाईका क्रममा मैले जानेको अर्काे कुरा के हो भने, त्यो जसले उत्पादन गर्छ, उसैले हामीले भनेका ठाउँमा पुर्याइदिने जिम्मा पनि लिन्छ । किनभने, उत्पादनकर्ता र कारोबारीहरुको सञ्जाल बलियो हुन्छ । उनीहरुलाई आफ्नो उत्पादनका लागि बजार चाहिन्छ
भारतसँग जस्तो चीनसँग खुला सीमाना छैन । अधिकांश नेपालीलाई चिनियाँ भाषाको ज्ञान पनि छैन । भाषाको समस्याका कारण चीन प्रवेश गरेर सुरक्षित हुन पनि सजिलो छैन । यसका विपरीत नेपाल-भारतबीचको सामाजिक-सांस्कृतिक सम्बन्धका कारण भारतमा स्रोतसम्म पुगेर सम्पर्क स्थापित गर्न सजिलो छ । सुरक्षित बस्न पनि सजिलो छ । भाषाका कारणले पनि धेरै सजिलो छ । एक देशको भाषा अर्काे देशका नागरिकले बुझ्छन् । सबैभन्दा सजिलो खुला सिमानाले गर्दा भएको छ ।
भारतमा खरीद गरिएका हतियार, गोली, विस्फोटक पदार्थ हामी यही खुला सिमानाको प्रयोग गरेर ल्याउन सक्छौँ । कि ‘ग्रेट वाल अफ नेपाल’ भनेर नेपाल-भारत सिमानामा ठूलो पर्खाल बनाउनुपर्यो, पर्खालको माथि तारमा करेन्ट लगाएर राख्नुपर्यो, त्यसो गर्ने हो भने चाहिँ हतियार ल्याउन नसकिएला । होइन भने भारतबाट जसरी पनि हामी हतियार ल्याउन सक्छौँ ।
भारत हाम्रा लागि एक मानेमा मात्र असहज छ र त्यो हो- ऊ जहिले पनि नेपालमा आफ्नो कठपुतली सरकार बनाउन चाहन्छ । नेपाल आफूले भने अनुसार चलोस् भन्ने चाहन्छ । नत्र भारतको प्रजातन्त्र, भारतको सामाजिक व्यवस्था नेपालमा सशस्त्र सङ्घर्षका लागि अनुकूल छ ।
हतियार खरीद र सप्लाईका क्रममा मैले जानेको अर्काे कुरा के हो भने, त्यो जसले उत्पादन गर्छ, उसैले हामीले भनेका ठाउँमा पुर्याइदिने जिम्मा पनि लिन्छ । किनभने, उत्पादनकर्ता र कारोबारीहरुको सञ्जाल बलियो हुन्छ । उनीहरुलाई आफ्नो उत्पादनका लागि बजार चाहिन्छ । जसलाई उनीहरुको उत्पादन (हतियार) चाहिएको हो, उनीहरुको सञ्जाल त्यति ठूलो नहुन सक्छ । त्यसैले उत्पादनकर्ताहरुले बजारका साथै सञ्जाल पनि बनाएका हुन्छन् । जस्तो- हतियार अमेरिकामा बन्छ, जर्मनीमा बन्छ, इजरायलमा बन्छ ।
त्यहाँका फ्याक्ट्रीहरुले चाहे भने नेपालमै ल्याएर हतियार खसालिदिन सक्छन् । सञ्जाल, रूट सबै उनीहरुले नै मिलाउँछन् । हामीले यो ठाउँमा ल्याइदेऊ भनेर नक्शा दिनुपर्छ, बस् । कसरी ल्याउँछन् भन्ने चाहिँ हामीलाई पनि थाहा हुँदैन । अरु केही नभए हेलिकप्टरबाट ल्याएर भए पनि खसालिदिन्छन् ।
तर, यसरी ल्याइदिँदा जति खर्च हुन्छ, त्यो चाहिँ हामीले नै तिर्नुपर्ने हुन सक्छ । हतियार भन्ने वस्तु त्यति महँगो त होइन, तर ढुवानीका कारण महँगो पर्न जान्छ ।
००००
दैनिक उपभोगका वस्तु वा बजारमा सार्वजनिक रुपमा पाइने वस्तुको मूल्यको निर्धारण माग र उत्पादनका आधारमा हुन्छ । जस्तो ः बजारमा कुनै वस्तुको धेरै माग छ । माग अनुसार उत्पादन छैन भने त्यसको मूल्य धेरै हुन्छ । जस्तै – दाल, चामल, चिनी जस्ता दैनिक उपभोगका वस्तुहरु नै हेरौँ । यी वस्तुको अभाव हुन थाल्यो भने महँगो हुन थालिहाल्छ ।
तर, हातहतियार र गोलीगट्ठाको मूल्य निर्धारणको प्रकृति चाहिँ ठीक उल्टो हुन्छ । जति अभाव भयो, त्यो उति सस्तो हुँदो रहेछ । जति धेरै प्राप्त हुने स्थिति रहृयो, त्यति महँगो हुँदै जाँदो रहेछ ।
हतियार कुनै फ्याक्ट्रीले उत्पादन गर्छ । उसले राज्यलाई बाहेक अरुलाई आफ्ना उत्पादन बेच्न पाउन्न । राज्यलाई बाहेक अरुलाई हतियार बिक्री गर्नु गैरकानूनी हो । गैरराज्य पक्षलाई हतियार बेच्ने कानूनी अधिकार हतियार उत्पादन गर्ने फ्याक्ट्रीहरुलाई हुँदैन । त्यस्ता फ्याक्ट्रीका हर्ताकर्ताहरु यस्ता आदर्शवान् हुन्नन् कि उनीहरुले सिर्फ राज्यलाई मात्र हतियार बेच्छन् । उनीहरुको उद्देश्य धेरैभन्दा धेरै नाफा कमाउनु हो । त्यसैले उनीहरु हतियार बिक्रीका लागि वैध-अवैध समूह खोज्दै हिँडेका हुन्छन् ।
जति धेरै हतियार बेच्न सक्यो, उति धेरै लडाइँ चर्किन्छ । त्यसैले उनीहरु शुरुमा एकदम सस्तोमा पनि हतियार बेच्न तयार हुन्छन् । शुरुशुरुमा उत्पादन पनि कम भएको हुन्छ । आवश्यकता हुनेले हतियार किनिदिएन भने युद्ध पनि कम हुन्छ । युद्ध कम भएपछि हतियार उद्योग पनि सुक्दै जान सक्छ । त्यसैले शुरुमा कम उत्पादनका बावजूद सस्तोमा हतियार बेच्ने नीति हुँदो रहेछ । यसका लागि उनीहरुले विद्रोही पक्षलाई सस्तोमा हतियार बेच्दा रहेछन् ।
सस्तोमा हतियार बेचेपछि युद्ध चर्किन, लम्बिन थाल्छ । त्यसपछि उनीहरुले अलिक ठूलो परिमाणमा हतियार, गोलीगट्ठा उत्पादन शुरु गर्छन् । युद्ध चर्किंदै गएपछि युद्धरत पक्षका लागि हतियार धेरै चाहिन्छ । त्यो बेला उत्पादकहरुले महँगोमा हतियार बेच्न पाउँदा रहेछन् ।
मूल्यजस्तै ढुवानी खर्च पनि अन्य वस्तु र हतियारका सन्दर्भमा फरकफरक हुँदो रहेछ । जस्तो ः भारतमा पाइने कुनै सामान नेपालमा ल्याएर बिक्री गर्ने हो भने, मूल्यमा त्यति ठूलो अन्तर हुन्न । केही अन्तर त अवश्य हुन्छ, तर त्यो ढुवानी खर्च र तिर्नुपर्ने भन्सारका कारण हुन्छ । मूल्यमा त्यति धेरै अन्तर नहुनुको कारण ढुवानी भाडा सस्तो भएकाले हो ।
हतियार यस्तो वस्तु होइन, जसलाई ‘एक वर्षपछि मूल्य बढ्छ अनि बेचौँला’ भनेर राख्न सकियोस् । हतियार बिक्रेताले जहिले पनि चाँडोभन्दा चाँडो बेच्न खोज्छ । किनकि, अवैध वस्तु भएकाले त्यसको गोप्यता र सुरक्षाको खतरा सधैँ हुन्छ । त्यसबाहेक हतियारमा खिया लागेर थोत्रो पनि हुँदै जान्छ ।
भारतमा किनिएका हतियार नेपालसम्म ल्याउन सहज हुँदैन । लुकाएर ल्याउनुपर्छ । यसका लागि छुट्टै गाडी भाडामा लिनुपर्ने हुन सक्छ, चाहे हतियार सानो परिमाणकै किन नहोस् पुरानो हतियारको मूल्य पाउन कठिन हुन्छ । त्यसैले थोरै नै नाफा होस्, हतियार कारोबारीहरुले चाँडोभन्दा चाँडो आफ्ना साथमा रहेको हतियार बेच्न खोज्छन् । अलिकति बढी मूल्य पाए भने पनि बेचिदिन्छन् । सुरक्षा खतरा बढेका बेला त कत्ति नाफा नलिई पनि बेच्ने गर्छन् ।
भारतमा किनिएका हतियार नेपालसम्म ल्याउन सहज हुँदैन । लुकाएर ल्याउनुपर्छ । यसका लागि छुट्टै गाडी भाडामा लिनुपर्ने हुन सक्छ, चाहे हतियार सानो परिमाणकै किन नहोस् । ठूलो परिमाणमा छ र ढुवानीकर्ताले थाहा पाउने स्थिति छ भने, गोप्यता कायम गरिदिने शर्तमा उसलाई पनि केही रकम दिनुपर्छ । ठाउँठाउँमा प्रहरी चेकिङ हुन्छ । जफत नहोस् भनेर प्रहरीलाई पनि केही रकम दिनुपर्ने हुन्छ ।
त्यसैले हतियारको खास मूल्य सस्तो हुँदाहुँदै पनि कहिलेकाहीँ निकै महँगोमा किन्नुपर्ने हुन्छ । ढुवानी खर्चका कारण हतियारको मूल्य वास्तविक मूल्यभन्दा धेरै पर्न जान्छ । जति टाढाबाट ल्यायो, ढुवानी खर्चका कारण यसको मूल्य बढ्दै जान्छ ।
कानूनका दृष्टिमा सर्वसाधारणले हातहतियार बोक्नु, विस्फोटक पदार्थ जम्मा र ओसारपसार गर्नु अपराध हो । यस्तो काम गर्ने अधिकार सरकारी सुरक्षा निकायलाई मात्र हुन्छ । तर, हामीले यी काम अवैध रुपमा गर्यौँ । देशको राजनीतिक आवश्यकताका कारण गर्यौँ । जनयुद्धकालमा हामीले जे गरेका थियौँ, त्यही काम पञ्चायत र राणाकालमा नेपाली काङ्ग्रेसले पनि गरेको थियो । एमालेले पनि पञ्चायतकालमा गरेको थियो । नेपालमा ठूला पार्टीहरुको उदय हतियारको राजनीतिसँग भएको हो ।
सशस्त्र सङ्घर्ष काङ्ग्रेस-एमालेले राणाकालमा गरेका होउन् वा पञ्चायतकालमा, ती राजनीतिक उद्देश्यप्राप्तिका लागि गरिएका थिए । हामीले बहुदलीय कालमा गरेको जनयुद्ध पनि राजनीतिक उद्देश्यप्राप्तिका लागि नै थियो । आंशिक नै किन नहोस्, गणतन्त्र स्थापना गरेर हामीले आफ्नो उद्देश्य प्राप्त गरेका छौँ ।
उद्देश्यप्राप्ति भइसकेपछि पनि हतियारको कारोबार गर्नु चाहिँ अपराध हो । जनताप्रतिको गद्दारी हो । त्यसैले शान्ति प्रक्रियामा आइसकेपछि हामी हतियार खोज्नतिर लागेनौँ ।
हामी जनवादी सत्ताप्राप्तिका लागि लडेका थियौँ । अहिले हामी गणतन्त्रसम्म मात्र आइपुगेका छौँ । हाम्रा सबै उद्देश्य पूरा भएका छैनन् । तर, बाँकी उद्देश्य पूरा गर्न हतियारै बोक्नुपर्छ भन्ने छैन, सशस्त्र सङ्घर्ष नै गर्नुपर्छ भन्ने छैन ।
हिजो राजतन्त्र थियो । राजतन्त्र सेना र हतियारका बलमा टिकेको थियो । राजतन्त्रअघि राणाशासन थियो । त्यो पनि सेना र हतियारका बलमा टिकेको थियो । त्यसैले राणाशासन र राजतन्त्र हटाउन सशस्त्र सङ्घर्ष आवश्यक भयो । सशस्त्र सङ्घर्षबाहेक अर्काे विकल्प थिएन । तर, राणाशासन-राजतन्त्र हटाएपछि सशस्त्र सङ्घर्षबिना पनि जनताका अधिकार स्थापित गर्न सकिने स्थितिमा हामी छौँ । अब राजनीतिक उद्देश्यप्राप्तिका लागि हतियारको जोहो गर्नु जरुरी छैन ।
हतियार राजनीतिको औचित्य अहिलेका लागि सकिएको निष्कर्षका आधारमा माओवादी पार्टी शान्ति प्रक्रियामा आएको हो । तर, शान्ति प्रक्रिया लम्बिँदै जाँदा केही साथी यसप्रति सहमत हुन सकिरहेका छैनन् । उनीहरु पार्टीबाट बाहिरिएका छन् । नयाँ माओवादी पार्टीको गठन गरेका छन् । केही साथीले त सशस्त्र सङ्घर्षको कुरा गर्न थालेका छन् । हतियारको कुरा गर्न थालेका छन् । सुनिँदै छ, उनीहरु यसको तयारी पनि गर्दैछन् ।
अझै पनि हतियारको राजनीतिको आवश्यकता देख्ने साथीहरु मकहाँ आउँछन्, सहयोगको आग्रह गर्छन् । मैले अचेल चाहिँ सशस्त्र सङ्घर्षप्रति विमति राख्ने गरेको छु । आफूले नगरे पनि हातहतियार र गोलीगट्ठाका लागि पुरानो सम्पर्कलाई जोडिदिन कतिपय साथीले आग्रह पनि गर्ने गरेका छन् । तर, यस्तो काम गर्न मैले अस्वीकार गर्दै आएको छु ।
(पूर्वमाअाेवादी सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको हालै प्रकाशित पुस्तक ‘चाचाः भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा’ पुस्तकबाट )
Post a Comment