काठमाडाैँ – भैरहवामा क्रियाशिल पत्रकाहरुलाई मधेशी जनमुक्ति सेनाको नामबाट धम्कीयुक्त सन्देश आएको छ ।
मधेशी जनमुक्ति सेनाका संयोजक प्रताप सिंह मधेशीको नामबाट एनसेलको मोबाईल नम्बर ९८१२९०२७९१ बाट मधेशको लागी अन्तिम लडाई लडेको भन्दै धम्की युक्त सन्देश आएको छ । एउटै सन्देश लाई ३ खण्डमा बिभिन्न समयमा पठाईएको छ । हिन्दी भाषमा लेखिएको सन्देशमा धम्की दिँदै दुर्गा तिवारीको मृत्यु ट्रेलर मात्र भएको र पुरै फिल्म बाकी रहेको आशय उल्लेख छ ।
सन्देशमा “मधेशको दुश्मनको रातीको निद्रा दिनको चैन हामी उडाउछौँ, अब नेपाली पत्रकार, मारवाणी, उद्योगपति र मधेश बिरोधी नेताहरुलाई संगठन मार्न र मर्न तिमीहरु आफ्नो तयारी गर हाम्रो क्रान्तिकारी सेना आफ्नो दुश्मनलाई मेटाउदै गर्छ ।”
भन्ने लेखिएको छ । भैरहवाका क्रियाशिल प्राय पत्रकारको मोबाईलमा यस्तो सन्देश देखिएपछि अहिले पत्रकारहरुलाई सुरक्षाको चिन्ताले सताएको छ ।
पत्रकारलाई धम्की युक्त सन्देश आएपछि अबको दिनमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गरिने लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गानाले बताए । यता रुपन्देही प्रहरीलाई यस्तै आशयको पत्र आएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले बताए ।
उनले यस बिषयमा आवश्यक अनुसन्धान गरि रहेको जानकारी दिए । रुपन्देही अहिले अपराधिक दृष्टिले अशान्त बन्दै गइरहेको छ । केही दिन पहिला सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथी गोली प्रहारपछि पनि सोही संगठनको यसै प्रक्रितिको सामाजिक सञ्जालहरुमा धम्की युक्त सन्देश देखिएको थियो ।

Post a Comment