Latest Updates :

तिमी रिसेप्सनमा फिट’ भन्दै होटलमा थुनेर ६ युवतीलार्इ बलात्कार


SHARE THIS POST :

युवतीका लागि रोजगारीको सुवर्ण अवसर’ भन्ने जस्ता विज्ञापन हेरेर जागिरको खोजिमा हुनुहुन्छ भने त्यस्ता विज्ञापनको भरमा नपर्नुस् , बलात्कारको शिकार हुनुहोला । यस्तै विज्ञापन हेरेर अन्तर्वार्ता दिन पुगेका ६ जना युवतीहरु होटलको कोठामा लुटपाटपछि बलात्कारको शिकार भएको तथ्य फेला परेको छ ।

 आफुलाई अयभ खड्का बताउने काभ्रे चलाल गणेशस्थान गाविस–४ का पुष्कर खड्का पत्रिकामा रोजगारीको विज्ञापन खुलाएर युवतीहरुलाई अन्तर्वार्ताका लागि होटलको कोठा नम्बर तोकेर बोलाउँथे । भक्तपुरको सुर्यविनायका उनले ‘सिने मोडलिङ’ नामको कार्यालय पनि खोलेका थिए । जहाँ सामान्य कुर्सि टेवल बाहेक केही थिएन् ।

 त्यसैले अन्तर्वार्ताका लागि काठमाडौं र पोखराका विभिन्न होटलमा बोलाउने खड्काले पहिले युवतीलाई बलात्कार गर्थे त्यसपछि उनको साथमा भएको नगद तथा जिन्सी लुटेर ढोका बाहिरबाट चुकुल ठोकेर भाग्थे । “गुहार ! गुहार !” गत मंसिर २३ गते पुतलिसडकको तिरुपती होटल स्थित ३०३ नम्बर कोठामा एक युवती चिच्याईन् । १९ बर्षिया कमला देवकोटा (नाम परिवर्तन) यसरी चिच्याएको सुनेपछि होटलका कर्मचारी कोठाको ढोका ढकढक्याउन पुगे । त्यसपछि अभय खड्का निस्केर भाग्न खोजे ।

तत्काल प्रहरीलाई खबर गरेपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको छ । अभयलाई पक्राउ गरेको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धीविक्रम शाहले भने, ‘हालसम्म ६ जना युवतीलाई लुटपाट र जबर्जस्ती करणीको प्रयास गरेको खुल्न आएको छ ।’ कमलालाई पहिले सुर्यविनायकस्थित सिने मोडलिङ अफिसमा भेटेका खड्काले ‘तिमी रिसेप्सनमा फिट हुन्छौ’ भन्दै मासिक तलव ६ हजार र खाजा खर्च छुट्टै दिन्छु भन्दै प्रलोभनमा पारेका थिए । त्यसपछि रुम बुक गरेर ‘तिम्रो कामको बारेमा सर–सल्लाह गर्नुछ’ भन्दै खड्काले ति युवतीलाई तिरुपती होटलमा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

 अभयले गत मंसिर १७ गते सुन्धाराको न्यु सोनी गेष्ट हाउसमा रीता थापा (नाम परिवर्तन) लाई अन्तर्वार्ताका लागि बोलाएर कोठा थुनेपछि धारिलो हतियार देखाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘न्यु सोनी गेष्ट हाउसको २०१ नम्बर कोठामा हतियार देखाएर एक युवतीलाई बलात्कारपछि लुटेर भागेको खुल्न आएको छ’ डिएसपी शाहले भने, ‘अभियुक्तले पहिले शारिरीक सम्पर्कका लागि अनुरोध गर्ने नमानेपछि जबर्जस्ती गर्न खोज्ने र गहना लुटेर भाग्ने गरेको खुलेको छ ।’

 भाग्ने बेलामा युवती भित्र हुँदाहुँदै बाहिरबाट चुकुल लगाउने शैली अपनाउने पुष्करलाई प्रहरीले पहिलोपटक २०६९ माघ २० गते पक्राउ गरेर मुद्दा चलाएको थियो । अपहरण तथा शरिर बन्धक मुद्दामा खड्का २५ हजार धरौटीमा छुटेका थिए । काठमाडौंमा पक्राउ परेर मुद्दा खेपेपछि पुष्करले पोखरा गएर त्यस्तै धन्दा चलाउन थाले । पोखरामा ‘आदर्श समाज’ नामको पत्रिकामा जागिर खुलेको विज्ञापन गरेर त्यस्तो धन्दा चलाउने गरेका थिए ।

 २०६९ चैत ५ गते पोखराको निलकमल होटलमा युवती बलात्कार गरेर भागेका खड्का त्यसै महिनाको १७ गते सन्तोषी होटलमा त्यस्तै क्रियाकलाप गरेपछि प्रहरीको फन्दामा परेका थिए । २०७१ असार २ गते जिल्ला अदालत कास्किले अभयलाई ६ बर्ष १ महिना १५ दिन कैद सजाय तथा ७ लाख ४४ हजार जरिवाना हुने फैसला सुनाएको थियो । कैद भुक्तान गरिरहेका बेला २०७२ फागुन १० गते हस्पिटल जाने बहानामा उनी जेलबाट फरार भएको काठमाडौं प्रहरीले जनाएको छ ।

 १२ दिनअघि पुतलिसडकको तिरुपती होटलबाट भाग्न खोज्दा पक्राउ परेका खड्कामाथि जबर्जस्ती करणी उद्योग अन्तर्गत म्याद लिएर अनुसन्धान भईरहेको डिएसपी शाहले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv