Latest Updates :

यसकारण कांग्रेस प्रवेश गरिनन् सरिता लामिछाने


SHARE THIS POST :

काठमाडौं-नेपाली कांग्रेस पार्टी प्रवेशको खबरबाट अभिनेत्री सरिता लामिछाने आश्चर्यमा छिन्। बुधबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउवाको नीति निवास बुढानिलकण्डमा कलाकारहरु रामकेशर बोगटी, रिस्ता बस्नेत, पुष्कर लामा र सरिता लामिछानेको नाम आएपछि उनी आश्चर्यमा परेकी हुन्।

‘म राजनीतिमा विश्वास राख्ने सचेत नेपाली नागरिक हुँ। देश विकासमा राजनीतिले महत्वपूर्ण भूमिका खेल्छ,‘उनी भन्छिन्,‘कलाकारितामा लागेर देशको सेवा गरिरहेको छु। तर, आजसम्म कुनै पार्टीको सदस्ता लिएको छैन्। एक्कासी नेपाली कांग्रेस पार्टी प्रवेशको खबर सुन्दा आश्चर्य र निरास भएकी छु।’

हाल दोहामा हुने फिल्म अवार्डको निर्माणकको रुपमा रहेकी अभिनेत्री लामिछाने राजनैतिक पार्टीभन्दा देश ठूलो रहेको कुरामा विश्वास राख्छिन्। ‘सचेत भएर होस या अचेत होस् हामी राजनैतिक कुराहरु धेरै थोरै सुन्छौं र बुझ्छौंपनि। मलाई जुन दिन राजनैतिक पार्टीको सदस्यता दिनुपर्ने महशुस हुनेछ। त्यसदिन पक्कैपनि सदस्यता लिउँला,’उनले थपिन्,‘तत्काल मेरोलागि कुनै राजनैतिक पार्टीभन्दा देश सबैभन्दा ठूलो हो।’

निर्देशक तुलसी घिमिरेद्धारा निर्देशित ‘मुक्ति’ नामक नेपाल टेलिभिजनबाट प्रसारण हुने सिरियलबाट नेपाली रंगमञ्चमा प्रवेश गरेकी अभिनेत्री लामिछानेले विभिन्न नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन्।  यसअघि कांग्रेसले विज्ञप्ति जारी गरी कलाकार सरिता छामिछाने कांग्रेस प्रवेश गर्ने जनाएकाे थियाे।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv