Latest Updates :

बलिउड अभिनेता धर्मेन्द्र अस्पताल भर्ना


SHARE THIS POST :
बुधबार, ०६ पुष २०७३, ११ : ०३ |  एजेन्सी

मुम्बई–बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना भएका छन्। उनी मुम्बइको नानावती अस्पतामा भर्ना भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ। सञ्चारमाध्यमहरुका अनुसार धर्मेन्द्र ग्याट्रिकबाट पीडित छन्। ग्याट्रिकबाट पीडित धर्मेन्द्रलाई सोमबार नानावती अस्पताल भर्ना गराइएको हो। अस्पता भर्ना भएपछि उनलाई लगातार एन्टिबायोटिक दिइएको र उनको स्वास्थ्यमा क्रमिक सुधार आएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अहिले उनी डाक्टरको प्रत्यक्ष निरगानीमा रहेका छन्। अझै केही दिन उनी अस्पतालमै बस्नुपर्ने बताइएको छ। धर्मेन्द्रसँग अस्पतालमा उनको परिवारसँगै रहेको बताइएको छ। यही ८ डिसेम्बरमा उनले ८१ औं जन्मदिन मनाएका थिए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv