Latest Updates :

भखरै कतारमा एकै चोटी १३ जना नेपालीको मृत्यु


SHARE THIS POST :

काठमाडौं, कात्तिक २९ डेढ महिनाको अवधिमा सडक दुर्घटनामा, कार्यस्थलमा र हृदयाघात भई कतारमा १३ जना नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार मृत्यु हुनेमा सुनसरीका दुर्गादास भट्टराई, सिरहाका सन्तबहादुर स्याङतान, सोलुखुम्बुका शंकर तामाङ, अर्घाखाँचीका श्रीधर परियार, रूपन्देहीका इसलाम पहाखिर, मोहत्तरीका रहमेत सेख, कपिलवस्तुका ज्ञानप्रकाश यादव छन्।

यसैगरी चिसापानी ७ स्याङ्जाका बेलबहादुर गुरुङ, सर्लाहीका नन्दलाल महतो, काभ्रेका सुवास कार्की, धुर्लाबारी–७, मोरङका नकुल तिम्सेना, रामेछापका सूर्यबहादुर बुढाथोकी र बर्दियाका सबेकराम थारूको मृत्यु भएको छ। थारूले आत्महत्या गरेका हुन्। त्यस्तै खोलाडाँडा ३ भीमफेदीका ३९ वर्षीय सुन्दरसिंह स्याङ्तानको निमोनियाँबाट मृत्यु भएको छ। उनी साढे २ महिनाअघि मात्रै कतार आइपुगेका थिए। ६ करोड क्षतिपूर्ति कतारमा विभिन्न दुर्घटनामा परी मृत्यु भएका १३ जना कामदार मृतकका परिवारले २१ लाख ४६ हजार रियाल (करिब ६ करोड २२ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्। नेपाली दूतावासले एकजना वकिलको सहयोगमा मुद्दा लडेपछि पीडित परिवारले क्षतिपूर्ति पाएका हुन्। दूतावासले त्यस रकममध्ये वकिल र अदालती खर्च कटाएर पीडित परिवारले पाउने गरी १७ लाख ६४ हजार रियाल परराष्ट्र मन्त्रालयमार्फत पठाएको छ। ३ लाख ७२ हजार रियल वकिलले शुल्क लिएका छन्। सरकारले पीडितको पक्षमा लडिदिने तलबी वकिल नराखेकाले दूतावासले पीडित परिवारले पाउने क्षतिपूर्तिबाटै कट्टा हुने गरी वकिलको सहयोग लिएको हो। पीडितले पाउने क्षतिपूर्ति परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि भुक्तानी दिनेछ। क्षतिपूर्ति पाउनेमा आदर्श–३, रूपन्देहीका बिन्देरी धोबीका परिवार (७६ हजार रियाल), ज्याम्दी–७, काभ्रेका भीमबहादुर तामाङ (एक लाख ५९ हजार रियाल), नोकैलिया–७, सर्लाहीका अन्जय रोय (एक लाख १९ हजार रियाल), मङ्जाबुङ–६, पाँचथरका लैनाबहादुर मगर (७९ हजार रियाल), जितकैया–७, धनुषाका उमेश खत्बे (एक लाख ५६ हजार रियाल), मसिना–९, रूपन्द्रेहीका कमरुदिन फकिरका परिवार (एक लाख ५९ हजार रियाल) छन्। त्यस्तै, तौलिहवा–११, कपिलवस्तुका मोहम्मद हुसेन बदाहका परिवार (एक लाख ५९), जन्ते–२, मोरङका डम्बरबहादुर लिम्बू (एक लाख ५९ हजार रियाल), नन्दनगर–७, कपिलवस्तुका सुवास चौधरी (एक लाख ५९ हजार रियाल), राम्छे–६, म्याग्दीका छमबहादुर पाइजा (७९ हजार रियाल), मिजुरेडाँडा–८, कास्कीका लेखबहादुर गुरुङ (एक लाख ९६ हजार), दरबेस–३, मोरङका डोरप्रसाद रिजाल (एक लाख ५९ हजार), लेङघुवा–७, धनकुटाका यज्ञराज राईका परिवारले (९५ हजार रियाल) क्षतिपूर्ति पाएका छन्। क्षतिपूर्ति पाउनेमा सडक दुर्घटना र कार्यस्थलमा मृत्यु भएकाहरू छन्। हृदयघात भएर मृत्यु भएका यज्ञराजको भने दोहा बैंकमा मौज्दात रकम पठाइएको हो। कान्तिपुरबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv