विवाहको केही वर्षपछी पत्नीको मस्तिष्कमा विचित्र किसिमको विचार जाग्यो । "यदि उनले आफ्नो पतीलाई छोडेर गइन भने उसले कस्तो महसुस गर्छ होला !"
-
यो विचार परीक्षण गर्न उनले एउटा कागजमा "अब म तिम्रो साथमा बस्न सक्दिन, तिम्रो साथमा बस्दा बस्दा म दिक्दार भइसके , म घर छोडेर संधैको लागि जादैछु" लेखि टेबलमा राखिन ।
-
जब उसको पति आउने समय भयो, तब पतिको प्रतिक्रिया बुझ्नको लागि उनी टेबलमुनि लुकिन । पति आएर टेबलमा राखिएको कागज पढ्न थाल्यो, केहिबेरको मौनता पछि उसले त्यो कागजमा केही लेख्यो, अनि त्यो कागजलाई त्यही टेबलमा राख्यो । त्यसपछी उ खुशिले उफ्रदै कराउन थाल्यो , गित गाउन थाल्यो , नाच्न थाल्यो ।
-
केहिबेरपछि उ अर्को कोठामा गई कपडा बदलेर आयो, उसले आफ्नो मोबाइलबाट कसैलाई फोन लगायो र भन्यो "आजबाट म मुक्त भए , सायद मेरी मूर्ख पत्निलाई थाहा भयो कि उ मेरो लायककि थिइन, त्यसैले उसले आज मलाई संधैको लागि छोडेर गइ, अब म स्वतन्त्र छु, तिमिलाई भेट्नको लागि म आउदैछु, तिमी तयार भएर मेरो घर छेवैको पार्कमा अहिले नै आउ है"
-
यती भनेर पति बाहिर निस्कियो । गहभरी आँशु खसाल्दै पत्नी टेबलको मुनिबाट निस्किइन र काप्दै गरेको हातले त्यो कागज टिप्दै हतार-हतार गरि पढ्न थालिन , जसमा लेखिएको थियो ।
-
"तिमी लुक्दा टेवलको तलबाट तिम्रो खुट्टा भने देखिएको थियो , म नजिकैको पार्कको छेउमा रहेको पसलबाट ब्रेड लिएर आउदैछु, तबसम्म तिमि चिया बनाइहाल्नु ल , मेरो जिन्दगीमा खुशी तिम्रो साथ निभाउनुमा छ, आधा तिमिलाई सताउनुमा छ , आधा तिमिलाई मनाउनुमा छ ।।"
Post a Comment