Latest Updates :

दोषी ठहर भए सलमानलाई सात वर्षको जेल सजाय हुने बलिउड स्टार सलमान खानलाई हतियारसम्बन्धि


SHARE THIS POST :
मुद्धाको छिनोफानोका लागि आउदो साता जोधपुरको उच्च अदालतले स्वयम उपस्थित हुन आदेश दिएको छ। बादी र प्रतिबादीबीच अन्तिम चरणको कुराकानीका लागि अदालतले उनलाई उपस्थित हुन आदेश दिएको हो। न्यायाधीस दल्पत सिंह राजपुरोहितले सोमबार एउटा फैसला सुनाउदै सलमानलाई अदालतमा उपस्थित हुन आदेश दिएका हुन्। अन्तिम निर्णयका लागि सलमानको मुद्धा गत ९ डिसेम्बरदेखि लम्बिरहेको छ। सोमबार अदालतले मुद्धाको फैसला १८ जनवरीमा सुनाउने निर्णय गरेको छ। सन् १९९८ को अक्टुवरमा जोधपुरको कन्कानी गाउँमा लाइसेन्स नविकरण नभएको बन्दुकले हानेर दुई कालो हरिणको हत्या गरेको आरोपमा सलमानविरुद्ध मुद्धा परेको थियो। मुद्धा वन विभागको तर्फबाट दर्ता गरिएको थियो। यो मुद्धामा दोषी ठहर भएको खण्डमा सलमानलाई सात वर्षको जेल सजाय हुने सम्भावना छ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv