Latest Updates :

एक गिलास पानीबाट थाहा पाउनुहोस् घरमा कस्तो र कुन शक्तिको बास छ ?


SHARE THIS POST :

एजेन्सी । हाम्रो घर एक समग्र ठाउँ हो, जहाँ हाम्रा धेरै जनाको भावना, विचारहरु तथा धेरै प्रकारका शक्तिहरुको भेट हुन्छ । परिवारका सदस्य, छिमेकी तथा घरमा आउने पाहुनाबाट विभिन्न भावना, विचार तथा नदेखिने शक्तिहरु एकपटक घरमा भित्रिएपछि, त्यसले हाम्रो आचरण र पुरै जीवनलाई निकै प्रभाव पार्छ । हाम्रो नांगो आँखाले आफ्नो घरभित्रको यस्ता सकारात्मक वा नकारात्मक शक्ति, विचार वा भावनाहरु देख्न सक्दैनौ, तर महशुस पक्कै गर्न सक्छौँ।
एउटा सजिलो तरिका प्रयोग गरी तपाईले आफ्नो घरमा सकारात्मक वा नकारात्मक शक्तिको पत्ता लगाउन सक्नुहुन्छ । त्यसो त यस्ता शक्ति पत्ता लगाउने धेरै प्रविधि छन् । यहाँ हामी तपाईलाई यस्तो सजिलो उपाय बताउँदै छौँ, जुन उपाय अपनाएर नकारात्मक शक्तिलाई आफ्नो घरबाट भगाई परिवारमा सद्धाभ कायम गर्न सक्नुहुन्छ ।
एक पारदर्शी सिसाको गिलासमा नुन र सेतो भिनेगर(अमिलो पदार्थ)को साथमा गिलासको १-३ भाग भरिने गरी सफा पानी पनि राख्नुहोस् । अब त्यस गिलासलाई तपाईलाई अशान्ति वा खराब महशुस हुने कोठामा राख्नुहोस् । तर, गिलास कसैले नदेखिने ठाउँमा एक दिनभरि यानी २४ घण्टा राख्नुपर्छ । कसैले थोरै मात्रै पनि हल्लाउन नसक्ने ठाउँमा राख्नुहोस् ।

२४ घण्टापछि उक्त गिलासलाई अवलोकन गर्नुहोस् । यदि तपाईले राख्नु भएको गिलास जस्तो छोड्नुभयो त्यस्तै अर्थात् सफा छ भने त्यसलाई अर्को कोठामा त्यसरी नै राख्नुहोस्, जहाँ तपाईलाई खराब महशुस हुन्छ । तर, यदि गिलासको पानीमा दाग वा पानीका फोकाहरु उठेका छन् भने सम्झनुहोस् त्यो कोठामा नकारात्मक शक्तिको प्रभाव बढी छ ।

यस प्रक्रियालाई दोहोर्याई रहुनुहोस्, जबसम्म राखेको सफा गिलास २४ घण्टासम्म सफा रहँदैन । यसरी हामी आफ्नो घरको नांगो आखाले देख्न नसकिने नकारात्मक शक्तिलाई हटाउन सक्छौ । नेपाली हेडलाइनकाे सहयाेगमा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv