Latest Updates :

शरणार्थीविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पको कठोर निर्णय


SHARE THIS POST :

१२० दिनका लागि अमेरिका प्रवेशमा रोक - मुस्लिम धर्म बाहुल्य भएका ७ मुलुकका नागरिकलाई अमेरिका छिर्न नदिइने - नेपालका ५ हजार भुटानी शरणार्थी सन् २०१७ भित्रै अमेरिका पुगिसक्ने - जगदीश्वर पाण्डे,
काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै । रोयटर्स हाम्रो मुलुकलाई सहयोग गर्ने र हाम्रा जनतालाई असाध्यै माया गर्नेलाई मात्र प्रवेश दिन्छौं माघ १६, २०७३- निर्वाचनअघि नै पटक–पटक आप्रवासी मुस्लिमलाई मुलुकबाट बाहिर लखेट्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अन्तत: त्यस्तै निर्णय गरेर छाडेका छन् । आफ्नो कट्टरताको प्रारम्भस्वरूप उनले संसारभरबाट अमेरिका छिर्ने शरणार्थीलाई १ सय २० दिन प्रतिबन्ध लगाए । ट्रम्पले मुख्यगरी सिरियाली शरणार्थीलाई अमेरिकाका लागि ढोका बन्द गरे । उनले प्रारम्भिक रूपमा मुस्लिम बाहुल्य मुलुकका जनतालाई अमेरिका आउनसमेत रोकेका छन् ।

 उनको निर्णयले बाहुल्य सात मुलुक इराक, इरान, सिरिया, सुडान, लिबिया, सोमालिया र यमनका नागरिकलाई अब ९० दिनसम्म अमेरिका जान रोक लागेको छ । ट्रम्पले आफूले उग्र इस्लामिक आतंकवादीलाई मुलुकबाट बाहिर निकाल्न चाहेको स्पष्ट पारेका छन् । उनको घोषणाको प्रतिबन्धित मुलुकबाट विरोध हुन थालिसकेको छ । उनले मुस्लिम मुलुकलाई छाडेर क्रिश्चियन र अन्य धर्म भएका मुलुकका जनतालाई त्यसको स्थानमा प्राथमिकता दिनेसमेत बताएका छन् ।

न्टागनमा भएको हस्ताक्षर कार्यक्रममा इस्लामिक आतंकवादलाई इंगित गर्दै उनले भने, ‘उनीहरू (मुस्लिमहरू) लाई हामी चाहँदैनौं । हामी ढुक्क हुन चाहन्छौं कि बाहिर हाम्रै सेनाहरूसँग लडाइँ गरिरहेकालाई मुलुकभित्र हुल्दैनौं । हाम्रो मुलुकलाई सहयोग गर्ने र हाम्रो जनतालाई असाध्यै माया गर्नेलाई मात्र प्रवेश दिन्छौं ।’ न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टरमा भएको घटनालाई आधार बनाएर कडा निर्णय गरे पनि त्यसमा संलग्न साउदी अरब, यूएई, इजिप्ट र लेबनानका नागरिकलाई भने अमेरिका आउन प्रतिबन्ध लगाइएको छैनन् ।

 प्यु रिसर्च सेन्टरका अनुसार अमेरिकाले सन् २०१६ को आर्थिक वर्षमा ३७ हजार ५ सय २१ क्रिश्चियन शरणार्थी र ३८ हजार ९ सय १ मुस्लिम शरणार्थीलाई लिएको थियो । त्यसमा १२ हजार ५ सय ८७ सिरियाली शरणार्थीसहित ८४ हजार ९ सय ९५ शरणार्थी अमेरिका भित्रिएका थिए ।

 भुटानी शरणार्थीलाई असर नपर्ने
ट्रम्पले शरणार्थीबारे गरेको कडा निर्णयले गैरकानुनी रूपमा अमेरिका जाने र बस्नेलाई गाह्रो हुने देखिए पनि नेपालका भुटानी शरणार्थीलाई तत्काल कुनै असर नपर्ने आकलन गरिएको छ ।
 संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएचसीआर) र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) मिलेर करिब एक लाख भुटानी शरणार्थीलाई युरोपका विभिन्न मुलुकसहित अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड (तेस्रो मुलुक) मा पुनर्बास गराइसकेका छन् ।

त्यसमध्ये ८० हजारभन्दा बढी अमेरिकामा लगिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार अब मोरङ र झापामा गरी करिब ११ हजार भुटानी शरणार्थी बाँकी छन् । सन् २०१७ भित्रमा ५ हजार शरणार्थी अमेरिका जाने कार्यक्रम छ । बाँकी करिब २ हजार भुटान नै फर्कन चाहन्छन् । बाँकी करिब तेस्रो मुलुक लान अयोग्य घोषित भएका छन् । शरणार्थी सम्बन्धका जानकार डा. केशव बस्यालले नेपालमा रहेका भुटानी शरणार्थीको प्रक्रिया पहिल्यै सुरु भइसकेकाले कुनै असर नपर्ने बताए । उनले अमेरिकाले मन नपराउनेलाई मात्र समस्या पर्ने उल्लेख गर्दै भने, ‘अन्य मुलुकका

‘हाम्रामा केही समस्या हुन्छ जस्तो लाग्दैन । किनकि हामी प्रक्रियाअनुसार शरणार्थी पठाइरहेका छौं ।’ यूएनएचसीआर र आईओएमले सन् २००७ बाट नेपालका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्बास गराउन थालेका हुन् । करिब ८५ हजार भुटानी शरणार्थीले अमेरिकाका विभिन्न राज्यमा अहिले आफ्नो नयाँ जीवनको सुरुआत गरिरहेका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv