Latest Updates :

प्रचण्डले गरे आफ्ना गुरु सिंहको उपचार राज्यले गर्ने घोषणा


SHARE THIS POST :

काठमाण्डु, १६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

आफ्ना राजनीतिक गुरुसमेत रहेका सिंहलाई भेट्न आइतबार प्रधानमन्त्री सिंह उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेका थिए ।
त्यस क्रममा प्रधानमन्त्रीले सिंहको स्वाथ्य लाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताए ।
सुगर तथा फोक्सोमा पानी जमेका कारण अस्वस्थ बनेका ८१ वर्षीय सिंहको विगत चार दिनयता ग्राण्डीमा उपचार भइरहेको छ । उनको स्वाथ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv