Latest Updates :

‘पृथ्वीनारायण, वीपीपछि ओली नेपालका राजनेता’


SHARE THIS POST :

काठमाडौं—नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको लोकापर्ण गरिएको छ।

प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, सौरव, चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमारले सयुक्तरुपमा उक्त पुस्तकको लोकापर्ण गरे।

सो अवसरमा अध्यक्ष ओलीले पुस्तकमा उल्लेख गरिएका कुरा देशको समस्या समाधान गर्न आएको बताए। उनले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र देशको समृद्धि जस्ता कुरामा आफूले प्रश्न उठाउँदै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धमा यी कुरा सँगसँगै गाँसिएको उल्लेख गरे।

 ‘कृष्णप्रसाद भट्टराईपछि मलाई छोएको नेता ओली नै हुनुहुन्छ’, विजयकुमारले भने।
सार्वभौमसत्ता, स्वाधिनताको प्रश्नसँग मुलुक गाँसिएको उल्लेख गदै अध्यक्ष ओलीले पुस्तकमा आफ्ना अभिव्यक्तिलाई निष्ठापूर्वक व्यक्त गरेको बताए।

लेखक सौरवले ओलीले आफ्नो पालामा देशको नेतृत्व कुसल तरिकाले निर्वाह गरेको उल्लेख गरे। ओलीको सबैभन्दा प्रभावशाली प्रस्तुति ‘माकाफुइँ’ मा प्रस्टिने उनले बताए। अरुलाई त्रास देखाउन बाँदरले रुखको हाँगा हल्लाउँदा आफैँ लड्ने कार्यलाई नेवारी भाषामा माकाफुइँ भनिन्छ। ओलीले मधेसी दलहरु इङ्गित गर्दै सो शब्द प्रयोग गरेका थिए।

पत्रकार विजयकुमारले ओलीले नेपालबारे उठाएको मुद्दा कसैले पनि फाल्न नसक्ने बताए। अहिलेको परिस्थिति जटिल बनेको हुँदा यसबाट मुलुकलाई निकास दिन ओलीलाई जिम्मेवार बन्न उनले आग्रह गरे। ‘कृष्णप्रसाद भट्टराईपछि मलाई छोएको नेता ओली नै हुनुहुन्छ’, उनले भने।

कृष्णमुरारी भण्डारीले देशलाई सङ्कटको बेला पार लगाएको हुनाले राजनेताको रुपमा ओली परिचित भएको टिप्पणी गरे। मेक्सिम गोर्कीको प्रसङ्ग सुनाउँदै उनले भने, ‘संकटको बेला नै नेतृत्वको पहिचान हुने हो।’

‘राजनेता सङ्कटको बेला चिनिन्छ। सङ्कटको परीक्षामा पास भएपपछि राजनेता स्थापित हुन्छ’ उनले भने–‘ओली त्यही सङ्टकको बेला स्थापित हुनुभएको राजनेता हुनुहुन्छ।’ पृथ्वीनारायण शाह, वीपी पछि ओलीले देशलाई अप्ठ्यारो समयमा नेतृत्व दिएको उनले बताए।

अधिकारवादी नेता चरण प्रसार्इँले २०७४ माघ ७ गतेसम्म ओलीलाई प्रधानमन्त्री दिएको भए परीक्षक नेताको रुपमा चिनिने विचार व्यक्त गरे।

कार्यक्रममा एमाले नेता रघुवीर महासेठले पनि बोलेका थिए।

एमाले केन्द्रीय मुख्यालयले प्रकाशन गरेको उक्त पुस्तक विष्णु रिमाल र शार्दुल भट्टराईले सम्पादन गरेका छन्। पुस्तकमा ओलीले विभिन्न समारोहमा सम्बोधन गरेका सम्बोधनलाई विभिन्न पाँच अध्यायमा ५४ वटा लेख र एउटा अन्तर्वाता समेटिएको छ। रासस

0

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv