Latest Updates :

मातृ भुमीकालागी पर्बत सेवा समाज ईजरायलकाे दाेस्राे अधिबेसन सम्पन्न,नरेन्द्र क्षेत्रीकाे अध्यक्षतामा तेस्राे नयाँ कार्यसमिति गठन


SHARE THIS POST :
लाइट नेपाल मिति : Sunday, January 29th, 2017

नयन सापकाेटा, ईजरायल –   यही शुक्रवार २७ जनवरीकाे दिन मातृ भुमीकालागी पर्बत सेवा समाज इजरायलकाे दाेस्राे अधिबेसन ईजरायलकाे तेलभिभ स्थित यसाेधामाला काे हलमा अतिथी , कलाकार , समाज सेबी, पत्रकार,सस्थाकाे सदस्यकरु लगायत बिभीन्न राजनितीक दलका प्रतिनिधी हरु, ऊल्यखनिय जनमानसकाे ऊपस्थितमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रमकाे उद्धाटन प्रमुख अतिथी नेपाली राजदुताबास ईजरायलका का.बहाक राजदुत महामहिम रामेश्वर प्रसाद पाैडेल र ऊहाकाे धर्मपत्नी तथा सभाध्यक्ष सस्थाकाे अध्यक्ष अनिरुद्र सुबेदी ज्यु ले एकैसाथ दिप प्रज्वलन गरी नेपाली राष्ट्रीय गान सगै गरियकाे थियाे । दिबंगत आत्महरुकाे चिर शान्तीकाे कामना गर्दै एक मिनेट माैन धारण समेत गरेका थिए । ऊपस्थित सबैलाई स्बागत गर्दै ऊपाध्यक्ष नरेन्द्र क्षेत्री ले सभापति, प्रमुख अतिथी, बिशीष्ठ अतिथीहरु ,अतिथीहरु ,पत्रकारहरु साहित्तिक अनुरागी लगायत कलाकारहरु ऊपस्थित सबैलाई मन्धमुक्त शैलिमा सम्बाेधन गर्दै सबैलाई स्वागत गरेका थिय । कार्यक्रमा बिभीन्न सस्थाका प्रतिनिधी राजनिती दलका प्रतिनिधीहरुकाे बाक्लाे ऊपस्थीति थियाे । ऊक्त कार्यक्रमा स्वागत मन्तव्य दिदै चितवन समाज ईजरायलका महासचीव तथा मिडीया कर्मी नयन सापकाेटा,नमस्ते नेपाल हातेमालाे सामाजिक सस्थाका केन्द्रीय अध्यक्ष रामशरण बानियाँ ,सामाजिक अभियन्ता नितु खतिवडा , पत्रकार गोपाल सुबेदी नेपाली काग्रेस जनसम्पर्क समिति इजरायलका अध्यक्ष दिपेन्द्र थापा सबैले मुक्त कण्ठले संस्थाकाे प्रसँसा गर्दै समाज बिकास र उत्थानका निमीत्त सबैकाे भुमिका ऊतिनै रहन पर्छ भन्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा करिब १ दर्जन स्थानीय कलाकार हरुले गित गायर तथा नृत्य गरेर उपस्थित सबैलाई मनाेरन्जन दिएका थिय । कार्यक्रम सम्याेजक नरेन्द्र क्षेत्रिले कार्यक्रम स्थल सजावट, अतिथी सत्कारमा कुनै कमि नरहन सम्पुर्ण सस्थाका ब्यक्तिहरुकाे गहन भुमिका रहेकाे र हालै बनेकाे कार्यसमिति शसक्त अभियान मुखिरहेकाे हाम्रा समाचार दाता सन्चार कर्मी नयन सापकाेटालाई जानाकारि दिनु भएकाे थियाे । अध्यक्ष अनिरुद्र सुबेदि, बिशीष्ठ अतिथी रामशरण बानियाले प्रशँसा पत्र ,सद्स्य पत्र , आजिबन सदस्यता कार्ड हस्तान्तरण गर्नु भएकाे थियाे । कलाकार, सहयोगी , पत्रकार, तथा बिषेश भुमिका निर्वाह गर्ने सबै जसाेलाइ क़दर तथा प्रशसा पत्रले सम्मान गरियकाे थियाे। का.बा. महामहिम रामेश्वर प्रसाद पाैडेल अन्य कार्यक्रमा पनि जानु पर्ने ब्यसतथा जनाउदै गहन ,सार्गौर्विक मन्तब्य सगै कार्यक्रम स्थल बाट बाहीरियका थिए ।

करिब ५ घण्टा सम्म सन्चालित ऊक्त कार्यक्रम मा डि जे काे पुर्णरुपले सकुसल भुमिका निभाऊनु हुने प्रेम नेपाल लाई पनि सम्मान गरियकाे थियाे । ऊक्त कार्यक्रम सस्थाकाे महासचिव दिया चपागाईले अत्यन्त साैहाद्र बाताबरणमा भब्य र सभ्य रुपमा कुसल सन्चालन गर्नु भएकाे थियाे । कार्यक्रमा बर्ष भरिकाे आर्थिक प्रतिबेदन सस्थाको कोषाध्यक्ष हिरा देवी श्रेष्ठले प्रस्तुत गरेकी थीईन। सस्थाले गत एक बर्ष भित्र गरेको सामाजीक बार्षिक सांगठानिक प्रतिबेदन महासचीब दिया चपागाईले सबैमाझ प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रम सगै मिठो भाेजनकाे पनि ब्यबस्था रहेकाे थियाे l अन्तमा सभापति अनिरुद्र सुबेदिले पुरानाे कार्यसमीती लाई भगँ गर्दै नया सर्बसहमतिबाट चयन कार्यसमिति काे नामावली प्रस्तुत गर्दै नब गठित तेस्राे कार्यसमिति अध्यक्ष नरेन्द्र क्षेत्रि लगाएत १७ सदस्यीय समितीलाई सपत ग्रहण गराऊनु भएकाे थियाे ।

सस्थाको सम्रक्षक तथा सल्लाहाकार मातृ भुमीकालागी पर्बत सेवा समाज नेपालका केन्द्रीय संयोज अनि रुद्र सुबेदी र सल्हाकार रमाजोसी रहनु भएको छ l पुरानाे कार्यसमिति लाई हार्दिक धन्यबाद दिदै बिदाइ र नया कार्यसमिति लाई हार्दीक स्वागत गर्दै सफल कार्यकालकाे सुभकामना दिदै अाैपचारिक कार्यक्रम समापन भएकाे थियाे l

नब गठित कार्यसमिती :-

अध्यक्ष :- नरेन्द्र क्षेत्रि बरिष्ठ ,उपाध्यक्ष दिया चापागाई ,उपाध्यक्ष शान्ता सुबेदी, उपाध्यक्ष नारायण गौडेल ,महासचिब ज्योती शर्मा, सचिब पार्बती रोक्का छेत्री, कार्यलय सचिब कोपिला भुसाल ,कोषाध्यक्ष हिरा देवी श्रेष्ठ ,सहकोषाध्यक्ष मन्जु गुरुङ सदस्यहरु :- कुशुम कुमाल ,प्रभा पौडेल ,समिर छन्त्याल ,राधा जोशी ,निर्मला सुबेदी ,शुसिला हमाल ,

सल्हाकारहरु अनिरुद्र सुबेदी ,रमा जोशी,


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv