Latest Updates :

"ए बाउ किन देउ न भ त भते" का गायक प्रकाश ओझा दश वर्ष सजाय सुनाइएका गायक ओझा भर्खरै पक्राउ


SHARE THIS POST :
काठमाडौँ, १४ माघ । सर्वोच्च अदालतबाट १० वर्ष कैद सुनाइएका गायक तथा हास्य कलाकार प्रकाश ओझालाई आज प्रहरीले पक्राउ गरेको छ ।
बादी नेपाल सरकार प्रतिवादी ओझा भएको दुई वटा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सर्वोच्च अदालतको गत माघ ४ गतेको फैसलाले सुनसरी इटहरी उपमहानगरपालिका स्थायी घर भएका ओझालाई पाँच÷पाँच वर्ष गरी कुल १० वर्ष कैद सजाय तोकिएको थियो ।

उक्त फैसलापश्चात् फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज शङ्खमूलबाट पक्राउ गरेको हो ।

पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेपश्चात् निज ओझालाई अदालतको आदेशले कैद भुक्तानका लागि आजै केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ ।

ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाइ अनुचित प्रभावमा पारी तीन जना नाबालिकासँग अनैतिक सम्बन्ध राखी पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा श्रव्यदृश्य खिची सार्वजनिक गरीदिने धम्की दिई पटक÷पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र ती सामग्री बेवसाइटमा समेत राखी बेचबिखन गरी पैसा कमाउने उद्देश्य राखेको अदालतले ठहर गरेको थियो ।

सोही प्रकरणमा पीडित भएकी नायिका ज्योति खड्काले २०६९ जेठ ३० गते आत्महत्या गरेकी थिइन् । सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको यसअघिको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको हो । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv