शेखर थापा/बरेङ
परिक्षा दिन घरबाट बिद्यालय तर्फ हिडेकी एक छात्राको बाटोमै मृत्यु भएको छ । बागलुङको हुग्दिसिर गाबिस वडा नं. ३ स्थित सर्बोदय माध्यमिक बिधालयमा कक्षा ८ मा अध्यानरत छात्रा तृसना पुनको ह्ृदयघातका कारण सोमबार बिहान मृत्यु भएको छ ।
बागलुङ जिल्ला हुग्दिसिर गाबिस वडा नं. ३ गेरुढुङगा निवासि बुबा तेज बहादुर पुन र आमा नन्दकली पुनको कोखबाट जन्मेकी १५ बर्षिय तृसना सोमबार बिहान घर बाट परिक्षा दिनका लागि बिद्यालय तर्फ हिंडेको र बिधालय नजिक पुग्दा चक्कर लागेर ढलेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरा बहादुर पुनले जानकारी दिनुभयो । मृतक तृसना बाल्यकाल देखिनै मुटु रोगको समस्यामा रहेको र नियमित रुपमा मुटुको औषधि सेवन गर्दै आईरहेको उनका अभिभावक बताउछन्
Post a Comment