Latest Updates :

ट्रम्पले अनुमति दिएको पहिलो अमेरिकी कारवाहीमा अलकायदाका नेताको ८ वर्षीया छोरीको मृत्यु


SHARE THIS POST :
माघ १९  |   सिएनएन

यमन – नवार अनवर अल–अवलाकी, अलकायदाका पूर्व नेता अनवर अल–अवलाकीका ८ वर्षीय छोरी, को अमेरिका र युएइको संयुक्त कारवाहीमा मारिएकी छिन् ।

अमेरिकामा जन्मिएका धर्मगुरु अनवर अल–अवलाकी अमेरिकामा भएका हमलाहरुको मास्टरमाइन्ड मानिन्थे । उनको सन् २०११ मा गरिएको ड्रोन हमलामा मृत्यु भएको थियो ।

नवारको परिवारले उनी मारिएको बताएपनि अमेरिकी अधिकारीहरुले कारवाहीमा मारिएका सर्वसाधरणको जाँच भइरहेको र आफूहरुसँग उनी मारिएको प्रमाण नरहेको बताएको छ ।
यमनमा गरिएको सो कारवाहीमा अमेरिकी नेभी सिलका अफिसर विलायम रायन ओवेन्सको मृत्यु भएको थियो भने अन्य तीन सैनिक र १४ अलकायदाका लडाकु मारिएका थिए ।

शुरुमा अमेरिकी अधिकारीहरुले कारवाहीमा कुनै सर्वसाधारण नमरेको बताए पनि पछि धेरै सर्वसाधारण पनि मारिएको रिपोर्ट आएको थियो ।

अमेरिकी अधिकारीहरुका अनुसार कारवाहीको दौरान अल कायदाका लडाकुहरुले नजिकैको घरहरुको क्षतमा बसेर गोलिबारी गर्न सुरु गरेपछि हवाई आक्रमण गर्न बाध्य भएको थियो । जसमा सर्वसाधारणहरु मारिएको हुन सक्ने उनीहरुको तर्क छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिएको यो पहिलो आतंकवादविरुद्धको कारवाही थियो ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv