goldसुनको माग अत्यधिक बढ्न थालेपछि सरकारले विद्यमान सुन आयात कोटा वृद्धि गर्ने निर्णय गरेको छ । सुन अभावका कारण बजारमा कालोबजारी बढ्न थालेपछि सरकारले कोटा वृद्धि गरेको हो ।
वाणिज्य मन्त्रालयको सहमतिपश्चात् नेपाल राष्ट्र बैंकले औपचारिक रूपमा कोटा बढाउने निर्णय गर्दै दैनिक २५ केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । हालसम्म दैनिक १५ किलो मात्रै ल्याउन पाउने व्यवस्था थियो ।
Post a Comment