Latest Updates :

कुनै बेला पसलमा कुचो लगाउने र सरसफाइको काम गर्थिन् ‘रईस ’ की नायिका (नदेखिएका तस्बिरहरु)


SHARE THIS POST :

शाहरुख खान स्टारर ‘रईस’ ले सुरुवाती ५ दिनमा ९३ करोड भारुको व्यापार गरेको छ । बक्स अफिसमा निकै तीब्र रुपमा दौडिरहेको यो फिल्ममा शाहरुखकी प्रेमिकाको भूमिका पाकिस्तानी नायिका माहिरा खानले निभाएकी छिन् । माहिरको गन्ती सबैभन्दा चर्चित र सर्वाधिक कमाई गर्ने नायिकाको रुपमा हुने गरेको छ । यिनै नायिका कुनैबेला वेट्रेसको रुपमा काम गर्थिन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला ।

– माहिराको जन्म सन् १९८४ को डिसेम्बर २१ तारिखमा कराँचीमा भयो ।

– उनका पिता हफिज खान दिल्लीमा जन्मिएका थिए जो विभाजन पछि पाकिस्तान
गएका थिए ।

– कराँचीको फाउन्डेसन पब्लिक स्कूलमा माहिराले पढाई गरिन् । पछि १७ वर्षको उमेरमा उच्च शिक्षाका लागि क्यालिफोर्निया गइन् ।

– क्यालिफोर्नियाको युनिभर्सिटी मा अंग्रेजी साहित्यका लागि उनी भर्ना भइन् तर एक वर्षपछि नायिका बन्नका लागि उनले पढाई छोडिदिइन् ।

– अमेरिकामा पढाईको क्रममा उनले रेष्टुरेन्टमा वेट्रेसको रुपमा पार्ट टाइम काम गरिन् ।



– यति मात्र होइन, अमेरिकामा पढाईको क्रममा उनी राइट एड नामक पसलमा काम गर्थिन् । त्यहाँ क्यासियरदेखि पसलमा कुचो लगाउने, र पूरा पसलको सरसफाई गर्ने काम गर्दथिन् ।
मिडियामा आएको रिपोर्ट अनुसार सन् २००६ मा लस एन्जलसमा माहिराको भेट अली अस्करसँग भएको थियो । परिवारविरुद्ध माहिराले सन् २००७ को जुलाई १३ तारिखमा अलीसँग विवाह गरिन् ।
माहिरा र अली ८ वर्ष सँगै बसे । सन् २०१५ मा उनीहरुको सम्बन्धविच्छेद भयो । उनीहरुको एक छोरा छन् जो माहिरासँग बस्छन् ।

माहिराले आफ्नो करियरको सुरुवात सन् २००६ मा टेलिभिजन प्रस्तोताको रुपमा गरिन् । उनी एमटीभी पाकिस्तानको लाइभ शो ‘मोस्ट वान्टेड’ लाई हप्तामा तीनदिन प्रस्तुत गर्थिन् ।
सन् २०११ मा फिल्म ‘बोल’ माफर्त माहिराले पाकिस्तानी फिल्म उद्योगमा कदम राखिन् । यो फिल्म सुपरहिट साबित भएको थियो ।
सन् २०११ मा टेलिभिजन कार्यक्रम ‘हमसफर’ मार्फत उनी निकै चर्चित भएकी थिइन् । उक्त कार्यक्रमले उनलाई रातारात सुपरस्टार बनाएको थियो । यसमा उनको जोडी फवाद खानसँग जेमको थियो ।

सन् २०१३–१४ बा बिच उनले ‘टीयूसी द लाइटर साइड अफ लाइफ’ नामक चर्चित सेलिब्रिटी टक शो होस्ट गरिन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv