प्रकाशित मिति: मंगलबार, माघ १८, २०७३
माघ १८ गते- अष्ट्रेलियाको सिड्नीमा अहिले अहिले एक किसिमको नाचले निकै चर्चा बटुलेको छ । जहाँ नाच्ने कलाकारहरुदेखि हेर्ने दर्शकसमेत पूर्णरुपमा नाङ्गै हुन्छन् । नृत्य हेर्न आउने दर्शकहरुलाई समेत टिकटमै लुगा वा जुत्ता लगाएर आउनेहरुलाई प्रवेश निषेध भनेर उल्लेख गरिएको हुन्छ । अष्ट्रेलियाको सिड्नीस्थित न्यू साउथ वेल्सको आर्ट ग्यालरीमा ‘न्युड लाइभ’
नाममा चलिरहेको यो नाचले दर्शकको संख्या निकै बटुलेपनि यसको भने धेरैले विरोध गरेका छन् । यो नृत्यले मानिसको प्रकृतिसँगको सम्बन्ध र अन्य मानिसहरुबीचको भिन्नतालाई उजागर गर्ने कोरियोग्राफर राफेल बोनाचेला बताउँछन् । आयोजक संस्थाका प्रवक्ता एन्टोनी बोगासेले यो कार्यक्रम १६ वर्षमाथिका व्यक्तिहरुलाई मात्र हेर्न सुझाव दिए । ६५ डलरको टिकट काटेर यो नृत्य हेर्न सकिन्छ । – एजेन्सी -
Post a Comment