Latest Updates :

भारतीय दुतावासमा नेपाली चेली हिमानी बलात्कृत, युएईको कानून तोड्दै रअका अधिकारी


SHARE THIS POST :
यूएइमा रहेको भारतीय दूतावासमा रिसेप्सनिष्टको रुपमा काम गर्ने हिमानी भनेर चिनिने नेपाली चेली हुमालाई त्यहाँ काम गर्ने एक सूरक्षाकर्मीले बलात्कार गरे । आफू बलात्कृत भएको खबर उनले दूतावासका सुरक्षा प्रमुख पवन कुमार राईलाई बताइन् तर उनले पीडितलाई बचाउ गर्नुको सट्टा  पीडकलाई सहयोग गर्दै उनलाई यूएईबाट भारत फिर्ता हुन सहयोग गरेको सिजेपोष्टले बताएको छ ।

स्रोतका अनुसार गत जनवरी ११ तारिखका दिन युएईमा रहेको भारतीय दूतावासका सुरक्षा प्रमुख पवन कुमार राईलाई यूएईको परराष्ट्र मन्त्रालयमा एक बलात्कारीलाई यूएई भाग्न सहयोग गरेको विषयमा सोधपुछका लागि बोलाइयो । पवन कुमार यूएईमा रहेको भारतीय दूतावासका खुफिया रअ अधिकारी हुन् ।
रिपोर्टका अनुसार सन् २०१६ डिसेम्बरमा पवन कुमारले ‘स्पार्क सेक्युरिटी सर्भिस’ नामक एक नीजि कम्पनीलाई सुरक्षाको सबै प्रबन्ध सम्हाल्नका लागि भाडामा लिए । दूताबासले नयाँ थपेको कर्मचारीमध्ये हिमानीलाई रिसेप्सनिष्टको रुपमा नियुक्त गर्यो । स्पार्क सेक्युरिटी सर्भिसले नियुक्त गरेका स्थायी सुरक्षाकर्मी बजनाथले एक रात हिमानीलाई भारतीय दूतावासभित्रै बलात्कार गरे ।

पवन कुमारलाई हिमानीले यसबारे जानकारी दिएपनि उनले पीडितलाई सहयोग नगरी पीडकलाई यूएईबाट भारत फर्कन सहयोग गरेको स्रोतले बताएको छ । बजनाथ यादवलाई यूएईबाट भाग्न सफल भएपछि पवन कुमारले स्पार्क सेक्युरिटी सर्भिससँग आफ्नो सम्झौता रद्द गरिदिए ।

हिमानीले यस विषयमा यूएई पुलिसलाई जानकारी दिइन् । जवाफमा पुलिसले यूएईको परराष्ट्र मन्त्रालयलाई पत्र काट्यो जसले पवन कुमारलाई यसबारे स्पष्ट बयानको माग गर्यो । पवन कुमारले सरकारी अधिकारीका अगाडि आफ्नो सफाई दिन सकेनन् । जसका कारण उनलाई ७२ घण्टाभित्र देश छोड्न आदेश दिइयो ।

भारतीय राजदूत नवदिव सिंह आफैं यूएईको परराष्ट्र मन्त्रालयमा पुगी यूएईका अधिकारीलाई यसो नगर्न दबाब दिए ।

भारतीय परराष्ट्र मन्त्रालय र नेशनल सेक्युरिटी एजेन्सी (एनएसए) अजिल कुमार डोभालले यस विषयलाई गुपचुप राखी साम्य बनाउन लागि परेको सिजेपोष्टको दाबी छ । पवन कुमारलाई अनुशासन सम्बन्धि केही कारावाही गरि यस विषयलाई गोप्य राख्न युएईको सरकारलाई उनीहरुले आग्रह गरेको बताइएको छ ।

भारतको गणतन्त्र दिवसमा युएईले भाग लिइरहेका बेला यस्तो भएको हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv