सिएनएन : जर्मनको नाजी शासनकालको एक मात्र प्रत्यक्षदर्शी एबम दोश्रो बिश्व युद्धताका तत्कालिन नाजी जर्मनको प्रोपोगान्डा प्रमुख जोसेफ ग्योबल्सका स्वकीय सचिवमा कार्य गरेकी ब्रन्हिल्ड पम्सेलको १०६ वर्षको उमेरमा जर्मनमा गएको शुक्रबार निधन भएको छ । उनको निधनबारेको खबर बिश्व संचारमाध्यमहरुमा हिजोबाट मात्रै आएको थियो पम्सेलले ग्योबल्सका स्वकीय सचिवको रुपमा सन् १९४२ देखी तीन वर्ष काम गरेकी थिइन् । उनी ग्योबल्सका स्वकीय सचिवको रुपमा रहँदा टाइपिस्ट र स्टिनोग्राफरको काम गर्थिन् । लामा लामा राजनीतिक भाषणहरुलाई उनले चोटकारीमा लेखेर तयार गर्थिन । पछी उनी सोभियत संघको सैन्य फन्दामा परेकी थिइन् र १९५० मा जेल मुक्त भएकी थिइन् ।
गत वर्षमात्रै उनले आफ्नो नाजीकालमा गरेको कामको अनुभबबारे सार्वजनिक रुपमा जानकारी गराएकी थिइन् । उनले भनेकी थिइन् कि मैले उक्त समयमा गरेको कामको कुनै पस्चताप छैन । पम्सेलकै जीवनमा आधारित रहेर 'अ जर्मन लाइफ' भन्ने चलचित्र समेत बनेको छ । फोटो इन्सेटमा पम्सेल, बाँयामा एडोल्फ हिट्टलर र दाँयामा ग्योबल्स
Post a Comment