Latest Updates :

एयर अरेवियाको बिमानबाट ठूलो परिमाणमा सुन बरामद


SHARE THIS POST :
Online Khabar / Binod Ghimire / 1 hour ago

२१ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । स्रोतका अनुसार एयर अरेवियाको विमानबाट सुन बरामद भएको हो ।
फाइल तस्वीर
विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सीआईबीको टोलीले सुनसहित बाँकेका गोपालबहादुर शाहीलाई पक्राउ पनि गरेको छ ।
स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्लाष्टिकमा र्‍याप गरेर ल्याइएको सुन करिब १५-२० किलो भएको हाम्रो अनुमान छ । ठ्याक्कै कति किलो छ हेर्दैछौं ।’
बिमानमार्फत् दुबईबाट पठाइएको लेगजबाट सुन बरामद भएको हो । शाही लगेज लिन विमानस्थल पुगेका थिए ।
सीआईबीले शाही र सुनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सुनका मालिक को हुन् भनेर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv