Latest Updates :

नेपाली कलाकार खाेज्दै प्रियंका चाेपडा, काे पर्ला उनकाे नजरमा ?


SHARE THIS POST :

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि उनी स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्।
अभिनेत्री चोपडाकी आमा मधु चोपडाले पर्पल पिबल प्रोडक्सनले निर्माण गर्न लागेको सिकिमेली नेपाली फिल्म ‘पौवा’ को बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। फिल्म ‘पौवा’ अर्थात पाहुनामा आमा बुबाबाट छुटिएको बालबालिकाको कथा समेटिएको छ।
‘सार्क राष्ट्रभित्र रहेका प्रतिभाहरुलाई प्ल्याटफम दिनको लागि पर्पल पिबल प्रोडक्सनको स्थापना गरिएको हो। स्थापनादेखि प्रोडक्सनको काम सुरु गर्न चाहेपनि सार्क राष्ट्रभित्र देखिएको विवादले गर्दा केही ढिला भएको हो,‘अभिनेत्री चोपडाकी आमा मधुले उल्लेख भनेकी छिन्,‘राम्रो विषयवस्तु र कथालाई हामीले प्राथमिकता दिएका छौं।’
सन् २०१५ मा अभिनेत्री चोपडाले सार्क र क्षेत्रिय फिल्महरु निर्माण गर्न पर्पल पिबल प्रोडक्सनको स्थापना गरेकी हुन्। अभिनेत्री चोपडा र उनकी आमा मधु चोपडा फिल्मको कथावस्तु सुहाउँदा कलाकार र प्राविधिकको खोजी कार्य नेपाल र सिकिममा गर्दैछन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv