Latest Updates :

लण्डनमा फुटबल खेल्लाखेल्दै नेपाली युवककाे ज्यान गयाे


SHARE THIS POST :

लण्डन, पुस १९
फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो।
स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि उनलाई अस्पतालतर्फ लगिएको थियो।
निशानको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए। के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन।
बाग्लुङको गलकोट घर भएका भण्डारी बुवाआमासँगै वेलायत बस्दै आएका थिए। भण्डारी सिटी कलेज युर्निभरसिटी बर्मिघममा मेकानिकल इन्जिनियरिङको दोस्रो वर्षमा अध्ययनरत थिए।
उनको शव स्थानीय स्यान्डबेल हस्पिटलमा राखिएको छ। भण्डारीको निधनले त्यहाँस्थित नेपाली समुदाय स्तब्ध बनेको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv