काठ्माण्डौ: शाहरुख खानलाई हेर्नका लागि जम्मा भएको भीडमा परी एक व्यक्तिको निसासिएर ज्यान गएको छ । शाहरुखलाई हेर्न वडोदरा स्टेसन पुगेका पूर्व काउन्सिलर फरिद खानको मृत्यु भएको हो । उनी मुटुको रोगी समेत भएको बताइएको छ । शाहरुख खान आफ्नो आगामी चलचित्र ‘रइस’को प्रचारका लागि मुम्बईदेखि दिल्ली रेलबाट गइरहेका थिए । सबै खुसी थिए तर यो खुसी केही घण्टामा नै दुःखमा बदलियो । मुम्बईबाट शाहरुख आफ्नो टिमका साथ अगस्ट क्रान्ति एक्सप्रेसबाट दिल्लीका लागि प्रस्थान गरेका थिए । उनको समूहसँगै धेरै सञ्चारकर्मीहरू पनि थिए । सोसल मिडियाबाट खबर फैलिनेबित्तिकै प्रत्येक स्टेशनमा शाहरुखका हजारौँ फ्यान उनलाई हेर्न पुगिरहेका थिए । रेलको ढोकामा आएर शाहरुख पनि आफ्ना फ्यानलाई अभिवादन गरिरहेका थिए । यसैबीच जब अबेर राति वडोदरा स्टेशनमा रेल पुग्यो, तब मान्छेको भीड झन् बढ्यो ।
झण्डै डेढ लाख मान्छे वडोदरा स्टेशनमा शाहरुखलाई हेर्न पुगेका थिए । वडोदरा रेलवे स्टेशनमा शाहरुख खानको एक झलक हेर्न पुगेका पूर्व काउन्सिलर फरिद खान पनि त्यहीँ थिए, जसका आफन्त पत्रकार पनि त्यहाँ थिए । रेल छुटेपछि भीडमा भएको घचेडाघचेडबाट फरिद खानको ज्यान गयो । शाहरुख खानले यो मृत्यु दुखद् भएको भन्दै शोक व्यक्त गरेका छन् । उनले मृत्युबाट अफशोच भएको समेत जनाएका छन । मृतक मुटुका बिरामी थिए । रेल छुटेपछि भीडमा निसासिएर उनको मृत्यु भएको हो । शाहरुखले मुम्बईबाट खुसी साथ हिँडेको र रेलमा मजा लिइरहेको बेला यस्तो दुर्घटनाले अत्यन्तै दुखित भएको बताएका छन ।
Post a Comment