सत्यखबर
काठ्माण्डौ: सुनको मूल्य साताको तेस्रो दिन मंगलबार पनि बढेको छ । सोमबार प्रति तोला ५५ हजार ६ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ७ सयमा कारोबार भई रहेको छ । त्यस्तै ९९ दशमलव ५० प्रतिशतको सुन पनि तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ४ सयमा कारोबार भई रहेको छ । चाँदी स्थिर रहदै प्रति तोला ८ सयमा कारोबार भई रहेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज मंगलबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ७ सय ५५ तोकेको छ भने प्रति १० ग्राम ९९ दशमलव ५० प्रतिशतको सुनको मूल्य ४७ हजार ४ सय ९५ रुपियाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ८८ रुपियाँ तोकेको छ । गत हप्ता देखि बजारमा २ थरि छापावाल सुन कारोबारमा आएको हो । गुणस्तरका आधारमा छापावाल सुनको भाऊ दुई थरी कायम गरिएको हो ।
Post a Comment