Latest Updates :

माइती घरमा रहेकी भाउजु लिन आएका युवाको छुरा प्रहार गरी हत्या


SHARE THIS POST :

सुनसरी–छुरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले ईटहरी–१५ बस्ने १९ वर्षीय जयनारायण चौधरीलाई पक्राउ गरेको छ।छुरा प्रहार गरी फरार भएका जयनारायण चौधरीलाई प्रहरीले सोमबार ईनरुवा–६ स्थित बस पार्कबाट पक्राउ गरेको हो।
चौधरीले आइतबार ईटहरी–१५ स्थित माइती घरमा रहेकी भाउजु अन्जु चौधरीलाई लिन आएका एक युवालाई छुरा हानेका थिए।

मधेली–९ बस्ने २१ वर्षीय रिजन भन्ने दिलकुमार चौधरीलाई पुरानो रिसीबीको कारण कोखमा छुरी प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए। उपचारको लागि गोल्डेन हस्पिटल बिराटनगर पठाइएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv