काठमाडौं । आफ्नै मन्त्री बलबहादुर राईको हस्ताक्षर चोरेर छ जना मानिसलाई जापान पठाउन सिफारी गरेर जेलमा परेका रामहरि खतिवडा पुनःआफ्नो बानि दोहोराएका छन् ।
उनले २०५० साल चैत्रमा स्वकिय सचिव रहँदा आफ्नै मन्त्री नेपाली कांग्रेसको सरकार भएको समयमा आवास तथा भौतिक योजनामन्त्री बलबहादुर राईको स्वाकिय सचिव रहँदा नक्कली हस्ताक्षर गरेका कारण विशेष प्रहरीका प्रमुख खेमराज रेग्मीले पक्राउ गरि तीन महिना जेल हालेका थिए ।
आफूलाई कृष्ण प्रसाद भट्टराईका छोरा भनेर चिनाउने खतिवडाले स्व. गिरिजा प्रसाद कोईरालाले फसाएका भन्दै लाज पचाउन गोरखा पत्र संस्थानलाईसमेत मुद्दा हालेका थिए । र अहिले पनि मलाई फसाउन खोजिएको भन्दैछन् । तर, प्रहरीले अहिलेसम्म चोरी मुद्दा दर्ता गरेको छैन । २३ बर्षपछिको चोरी भने पनि जेल नपर्ने भएको छन् । किन भने उनलाई प्रहरीले ‘हाई प्रोफाइल’ भन्दै छुट दिएको छ ।
लाजिम्पाटस्थित पाँचतारे होटल ‘-याडिसन हेल्थ क्लव’मा बुधबार बिहान पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलको १४ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घडी हराको थियो । उनले दरबारमार्ग प्रहरीमा गएर उजुरी गरे । प्रहरीले अनुसन्धान सुरु ग¥यो । प्रहरी स्रोतअनुसार त्यस दिन ‘हेल्थ क्लव’मा गुरुङसहित जम्मा आठ जना व्यक्ति आएका थिए ।
प्रहरीले अनुसन्धान निम्ति हातका औंलाको छाप लिन पालैपालो सबैलाई डाक्यो । त्यही क्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडासँग पनि सम्पर्क ग-यो । ओखलढुंगाका निर्वाचत सांसद खतिवडा नियमित रूपमा ‘-याडिसन क्लव’जाने गरेका थिए । दरबारमार्गका प्रहरी अधिकारीले खतिवडासँग सम्पर्क गर्दै भने,– ‘माननीयज्यू, हामीकहाँ प्रबल (गुरुङ) जीको घडी हराएको उजुरी परेको छ, तपाईं पनि त्यस दिन ‘¥याडिसन क्लव’ जानुभएकाले फिङ्गर प्रिन्टको निम्ति यहाँ आइदिनुप-यो ।’
प्रहरी अधिकारीलाई खतिवडाले जवाफ दिए,– ‘म त अहिले ओखलढुंगामा छु, फर्केर आएपछि आउँला ।’ दरबारमार्ग प्रहरी स्रोतका अनुसार त्यसको केही बेरपछि नै खतिवडा आफैंले फोन गरे । उनले ‘खै कसरी हो, घडी त मेरै ट्राउजरमा पो रहेछ, म ल्याइदिन्छु है’ भन्दै खबर गरेको प्रहरी स्रोतले बतायो ।
त्यसको चार दिनपछि शनिबार खतिवडाले होटल ‘¥याडिसन’मा गएर घडी फिर्ता गरेको प्रहरीले जनाएको छ । दरबारमार्ग प्रहरीले घडी हराएको सूचना दिन आफूलाई सम्पर्क गरेको खतिवडाले पुष्टि गरेका छन् । ‘म ओखलढुंगामा थिएँ, दरबारमार्ग प्रहरीले प्रबलजीको घडी हराएकाले हजुर एकचोटि आइदिनुपर्यो भन्दै सम्पर्क गरेको हो,’ खतिवडाले बताएका छन् ।
त्यस दिन आफू हतार–हतार क्लवबाट निस्किएकाले घडी ट्राउजरमा कसरी प-यो थाहा हुन नसकेको खतिवडाको भनाइ छ । ‘मलाई त्यसै दिन ओखलढुंगा जानु थियो, म हेल्थ क्लव जाँदा लगाएर गएको कपडा फुकालेर अर्को लगाएर त्यहीँबाट ओखलढुंगाका लागि निस्केँ, उनले भने, ‘बिहीबारसम्म केही थाहा भएन, कार्यक्रममै व्यस्त रहेँ । शुक्रबार दिउँसो ट्राउजर हेर्दा पो खल्तीमा घडी देखेँ ।’
आफ्नो खल्तीमा अर्काको घडी देखेपछि तुरुन्तै ¥याडिसन होटलको क्लवमा भेट्ने साथी सीमान्त गुरुङलाई फोन गरेको उनले दाबी गरे । उनका अनुसार सीमान्तले नै प्रबलको घडी हराएको जानकारी दिएका थिए ।
घडी आफूले ‘चोरेको’ भन्ने हल्ला निराधार भएको दाबी गर्दै खतिवडाले आफूलाई फसाउन षड्यन्त्र भएको जिकिर गरे । ‘कसैले नियतवश मेरो खल्तिमा घडी राखिदिएको हो । मेरो चरित्रहत्या गर्ने काम भएको छ । यसबारे थप अनुसन्धान गर्न म प्रहरीसँग अनुरोध गर्छु,’ उनले भने ।
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ पाँचतारे होटल त्यसमाथि पनि सांसद् तथा हाई प्रोफाइलका ब्यक्तिहरु जाने ठाउँ लाज पचाएर ‘घडी मेरो ट्राउजरको गोजीमा परेछ’ भन्न खतिवाडालाई लाज पनि लागेन होला ? उनको बाहिरी ट्राउजरमा पनि भेटिएको होईन, जाडोमा लगाउने ट्राउजर त्यसको पनि भित्र पट्टीको गोजीमा घडी कस्ले हाल्न सक्छ ?
Post a Comment