Latest Updates :

मोडलिङका लागि यूवती चाहियो भन्दै लजमा बोलाउने पुष्कर यी हुन् : भिडियो सहित


SHARE THIS POST :

काठमाडौं । युवतीहरुलाई मोडल र जागिर लगाई दिने भन्दै काठमाडौंका विभिन्न होटल, लजमा बोलाई बलात्कार गर्ने अभय भन्ने पुष्कर खड्कालाई कमलपोखरी प्रहरी बृत्तले पुतलीसडकस्थित तिरुपटी होटलबाट पक्राउ गरेको छ ।

काभ्रे जिल्ला चलाल गणेशस्थान ६ घर बताउने खड्काले आफूले संचालन गर्न लागेको सिने मोडलिङ अफिस संचालनका लागि एक जना रिसेप्सनिष्ट पठाई दिनु भनी भक्तपुरस्थित नवोबुद्ध सप्लायर्स सेन्टरमा फोन गरेपछि नवबुद्ध सप्लायर्सले एक जना महिलालाई सिने मोडलिङ अफिसको लागि भन्दै एक जना महिलालाई पठाएको थियो ।


सिने मोडलिङको लागि रिसेप्सनका लागि पठाएकी महिलालाई खड्काले भक्तपुर सूर्यविनायकस्थित सिने मोडलिङको अफिसमा मंसिर २८ गते भेटी तिमी रिसेप्सनमा काम गर्न सक्छौं भने मासिक ६ हजार तलव र खाजा खर्च छुट्टै दिन्छु र त्यसको लागि पहिला १० हजार रुपैयाँ अफिसमा डिपोजिट गर्नुपर्छ भनेपछि ती महिलाले त्यत्रो पैसा म राख्न सक्दिन भन्दै निस्किएकी थिइन् ।

पछि फेरि ती महिलालाई खड्काले फोन गरी कामको बारेमा तिमीसँग सरसल्लाह गर्नुछ म आजै पोखरा जानुपर्ने भएकोले तुरुन्त मेरो अफिसमा आउ भनेपछि भक्तपुरबाट आएकी ती महिलालाई पुतलीसडकस्थित तिरुपति होटलको कोठा नं.३०३ मा लागि कोठामा प्रवेश गर्नेवित्तिकै जवरजस्ती बलात्कार गर्न खोजेपछि पीडित महिलाले नमानेपछि चक्कु घाँटीमा तेस्र्याई आफूले भनेको नमाने मारिदिन्छु भन्दै धक्की दिएपछि ती महिलाले चिच्याई हारगुहार गरेपछि होटलका कर्मचारीले थाहा पाई ढोका खोल्न लगाउँदा खड्काले ढोका खोली भाग्न खोजेका थिए ।

कर्मचारीहरुले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि तुरुन्तै कमलपोखरी प्रहरी वृत्तले खड्कालाई पक्राउ गरेको थियो । पीडित महिलाले खड्काको यस्तो गतिविधिको प्रतिकार गर्दा पीडित महिलाको घाँटीमा चोट लागेको, छातीमा सानो कोटेको धर्साहरु भएको र औंठाको भागमा चोट लागेका कारण रगत बगेको अवस्थामा फेला परेकी थिइन् ।


त्यस्तै, यस्तै गतिविधि गर्दै आइरहेका खड्काले मंसिर १७ गते मात्रै एक महिलालाई जागिर लगाई दिने भन्दै सुन्धारास्थित न्यू सोनी गेष्ट हाउसको कोठा नं। २०१ मा लगी धारिलो हतियार देखाई जवरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्मरणीय छ, लामो समयदेखि केटीहरुलाई मोडल बनाई दिन्छु भन्दै युवतीहरुलाई ठग्ने र यौन शोषण गरेको अभियोगमा जेल जीवन विताइरहेका खड्का उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेज लैजादा अस्पतालको शौचालयबाट भागी फेरि त्यस्तै गतिविधि गर्दै आइरहेका थिए ।

जागिर र मोडलिड। बनाई दिन्छु भन्दै होटलमा युवतीहरुलाई बोलाई बलात्कार गर्ने र युवतीलाई बन्धक बनाएर उनी भाग्ने गरेको प्रहरीले जनाएको छ । उनी ४ वर्षअघि सुन्धारामा युवतीलाई नोकरी लगाइदिने भन्दै लुटपाट र बलात्कार गरेपछि पक्राउ परेका थिए ।

उनले त्यसबेला काठमाडौंमा २ स्थानमा युवतीको गरगहना लुट्ने र बलात्कार गर्ने प्रयास गरेका थिए ।

’काठमाडौं प्रहरीले त्यत्तिबेला उनलाई शरिर बन्धक तथा अपहरणमा मुद्दा चलाएको थियो’ काठमाडौं प्रहरीका डिएसपी सिद्धिविक्रम शाहले भने, ’तर जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार धरौटीमा छाडेको थियो ।’

उनका अनुसार खड्का त्यसपछि पोखरा गएर उनले पत्रिकामा मोडल चाहियो भन्दै विज्ञापन गर्न थाले ।

त्यसपछि युवतीलाई होटलमा बोलाएर लुट्ने र बलात्कार गर्न उनले थालेको प्रहरीले बताएको छ । त्यसपछि उनी कास्कीमा पक्राउ परी जेल जीवन विताइरहेका थिए ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv