Latest Updates :

खुशीको खबर :अव माेबाईलबाटै यसरी भर्नुहाेस् पासपोर्टकाे फर्म


SHARE THIS POST :

पुस १९ गते- अबदेखि पासपोर्टकाे फाराम माेबाईल एप्लिकेसनबाटै भर्न सकिने भएकाे छ याे सेवाकाे परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरेका छन् । सेवाग्राहीको माग र

आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ बाट फाराम भर्न सकिनेछ ।अावश्यक विवरण भरिसकेपछि राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले विभागमै बुझाउनुपर्नेछ । भौतिकरुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । याेसँगै कम्प्युटरबाटमात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने विभागकाे दावी छ । रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् । बारकोड लिएर सेवाग्राही राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जान सकिनेछ । तत्कालका लागि विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै काठमाडौस्थित विभागमा याे सेवा सुरु गरेको छ । एन्ड्राेईड तथ अाईअाेएस मोबाइलको nepalpassport खोजेर उक्त एप्स डाउनलोड गर्न सकिनेछ । छिट्टै याे सेवालाई देशव्यापी बनाउने विभागले बताएकाे छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv