Latest Updates :

घाइते अवस्थामै दौडिएर विश्व च्याम्पियन बनेकी मीरालाई २८ लाखसहित सम्मान गरिने


SHARE THIS POST :

अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ ।
अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उनलाई २८ लाखसहितको सम्मान गर्न लागेका हुन् ।
स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान रकम हस्तान्तरण गरिने जनाइएको छ । सोमबार दमकमा सगरमाथा तेक्वान्दो डोजाङले पत्रकार सम्मेलन गरी अल्ट्रा म्याराथनकी धाविका मिराको सम्मानसहितको कार्यक्रम घोषणा गरेको हो ।
पूर्व ब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मिराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न लागिएको बताए।
उनले कमजोर आर्थिक अवस्था भएकी मीराले राष्ट्रको नाम विश्वसामू चिनाउँदा पनि त्यसको मूल्याङ्कन गर्न नसकेकाले राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताए। बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा अन्य चार सहयोगी संस्थाको सहयोगमा उक्त रकम दिन लागेको उनले जानकारी दिए।

मीराको सहयोगका लागि बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएको जनाइएको छ।
त्यसैगरी, मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई समेत दुई लाख नगदसहित सम्मान गर्न लागिएको सगरमाथा तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक समेत रहेका राष्ट्रकुमार राईले बताए। रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv