Latest Updates :

नेपालको लागि विकाश चाहने चिन भन्दा राम्रो छिमेकी अरु कुनै हुन सक्दैन- केपी ओली (भिडियो)


SHARE THIS POST :

४ माघ, काठमाडौं । चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थिए । आयोजक चिनियाँ समाचार एजेन्सी सिन्हृवाले थिंक ट्यांक सम्मेलनमा ओलीलाई प्रमुख अतिथि बनाएर त्यसको लाक्षणिक पुष्टि गरेको कतिपय निम्तालुहरुको टिप्पणी थियो । थिंक ट्यांक मध्येका एक नेपाली विज्ञ अनुपरञ्जन भट्टराईले नेपाल-चीन सम्बन्धलाई नयाँ आयाम दिएका कारण टंकप्रसाद आचार्य, कीर्तिनिधी विष्टजस्तै ओलीलाई पनि सम्झिइने बताए । कार्यक्रमका सहभागीहरुले चीन नेपालको संकटको साथी भएको टिप्पणी गरे । प्रायः सबै वक्ताले गत वर्ष भारतले लगाएको नाकाबन्दीको सांकेतिक स्मरण गर्दै त्योबेला चीनले कहिल्यै नबिर्सने गुण लगाएको समेत बताए । भिडियोमा कमल थापा र केपी ओलीको भाषण हेर्नुहोस, अंग्रेजी भाषामा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv