Latest Updates :

महोत्तरीमा नेपाली सिमा मिच्न खोज्ने भारतीयलाई स्थानीयले धपाए


SHARE THIS POST :

भारतले महोत्तरीमा पर्ने नेपाल भारत सिमा मिचेर सडक र नाला बनाउन लागेको भन्दै स्थानीय बिरोध जनाएका छन ।
मटिहानीका स्थानीयले सिमा मिचेर बन्दैगरेका संरचनाको काम रोकेर शसस्त्र सिमा सुरक्षा बलको सहयोगमा भारतीय पक्षलाई धपाएका छन ।
सिमावर्ती नाका मटेहानीसगैं भारतीय पक्षले ७.३१ मिटर दशगजा भित्र पर्ने भुभाग मिचेर सडक र नाला निर्माण गर्न लागेको भन्दै स्थानीयले बिरोध गरि काम गर्न रोक लगाएका हुन ।
भारतीय पक्षले दशगजा मिचेर निमार्ण गर्न लागेको भौतिक संरचनाको काममा सशस्त्र प्रहरी वेस क्याम्प मटिहानीले रोक लगाएको छ ।

मटिहानी स्थित विओपीले दशगजा मिचेर भारतीय पक्षले पक्की सडक र नाला निर्माण गर्न लागेको जानकारी भएपछि सशस्त्र प्रहरीले उक्त काम रोक्न लगाएको सशस्त्र प्रहरी सीमा सुरक्षा वल जानाकारी दिएको छ ।

दशगजा क्षेत्रको ३० मिटर वारि र पारि कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तराष्ट्रिय मान्यता र सम्झौता छ । तर सम्झौता लत्याउदैं भारतीय पक्षले भने नेपाली सिमा मिचेर यस्ता संरचना निमार्ण गर्ने गरेको छ । स्थानीय जानाकारहरुका अनुसार भारतीय पक्षले सन् २००८ तिर नेपाल तर्फको मटिहानी वडा नं. ८ र भारत तर्फको मधवापुरलाई छुटयाउन गाडिएको पिलर नं. २९४ र २९५ नम्वर पिलरको वरिपरि पहिलेदेखी नै कच्चि सडक निर्माण गरिएको थियो ।
अमिनहरुको नाप नक्सा अनुसार भारतीय पक्षले ७.३१ मिटर दशगजा मिचेर संरचना निर्माण गर्न लागेका गर्ने तयारी गरेको थियो । तर स्थानीय र शसस्त्र सिमासुरक्षा बलले संरचना निमार्णको काम रोकेर भारतीय पक्षलाई फिर्ता पठाईदिएका छन ।

अहिले नयाँ निर्माण गर्न लागिएको संरचनाका लागि नेपाल तर्फ र भारत तर्फका बीच विवाद बढन नदिन तत्कालै दुई पक्षिय वैठक बसेर विवाद समाधान गर्न पहल भई रहेको शसस्त्र सिमा सुरक्षा बल मटिहानीले बताएको छ ।
नेपाल तर्फको मटिहानी र मधवापुर पहिल्यैदेखि पनि सिमाविवाद भई राख्ने ठाउँको रुपमा चिनिदै आएको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv