Latest Updates :

(लक्ष्मी परियार हत्या प्रकरण आरोपी तीनजना पुर्पक्षका लागि थुनामा) read more at :


SHARE THIS POST :
लक्ष्मी परियार हत्या प्रकरण १२

जिल्ला न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले श्रीमान् मिलन परियार, शिक्षक हिरा लामा र उनकी आमा काइँलीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो |
सानो वाङ्थली–७ की ३२ वर्षीया लक्ष्मी नेपालीलाई बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये श्रीमान्सहित तीनजनालाई जिल्ला अदालत काभ्रेले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

एकजनालाई धरौटीमा रिहा गरेको छ । पोलमा बाँध्न डोरी दिएको भनी आरोप लागेकी नीरमाया तामाङलाई भने २५ हजार धरौटी लिएर तारेखमा छोड्नका लागि जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले श्रीमान् मिलन परियारसहित दुईजनालाई पुर्पक्षका लागि थुनामा पठाएका हुन् । कुटपिट गर्ने स्थानीय शिक्षक हिरा लामा र उनकी आमा काइँली लामालाई पनि अदालतले थुनामा पठाएको छ । नीरमाया तामाङलाई भने २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतले जनाएको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘तीनजना प्रतिवादीहरूलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने देखिएकाले अदालती बन्दोबस्त १२१ बमोजिम पुर्जी दिएर जिल्ला कारागारमा पठाइदिनु ।’

नीरमाया तामाङका विषयमा भने प्रारम्भिक सुनुवाइमा अदालतले हत्यामा प्रत्यक्ष संलग्नता नदेखिएको जनाएको छ । अदालतको आदेशमा भनिएको छ, ‘नीरमाया तामाङको हकमा निजले मृतकलाई मलमूत्र खुवाउन र मार्नमा सहयोग गरेको देखिन नआएका कारण २५ हजार जमानत लिएर तारेखमा राख्न आदेश दिइएको छ ।’
बहसमा सरकारी न्यायाधिवक्ता राजन हमाल र जाहेरवालाको तर्फबाट अधिवक्ता प्रकाश नेपाली र रामबहादुर मिजारले मृत्युको कारण कर्तव्य भएको जिकिर गरेका थिए । यस्तै, आरोपितका तर्फबाट अधिवक्ता रमेशकुमार मैनाली, राजुप्रसाद धिमाल, रामबहादुर मिजार, मोहन शंकर र श्यामकुमार विश्वकर्माले बहस गरेका थिए ।
आरोपितहरूसँग बुधबार र बिहीबार बयान लिइएको थियो । अदालतमा गरेको बयानमा हिरा लामा र उनकी आमा काइँली लामाले लक्ष्मीको मृत्यु उनकै श्रीमान् मिलन परियारको पिटाइबाट भएको बताएका थिए । मिलन परियारले भने बयानमा शिक्षक हिरा लामा र उनकी आमा काइँली लामाले मलमूत्र खुवाएर पिटेका कारण मृत्यु भएको बताएका थिए ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv