Latest Updates :

नारायणगढ-मुग्लिन सडक यसरी हुँदैछ निर्माण, लक्ष्यअनुसार भएन प्रगति


SHARE THIS POST :

पुस १७ चितवन राजधानिलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य राजमार्ग नारायणगढ-मुग्लिन सडकखण्ड अहिले दिउँसोको समयमा बन्द हुँदै आएको छ । राजमार्गको पुनर्निर्माणको काममा अग्ला पहाड फुटाउनु पर्ने र सडकको सतह मिलाउनु पर्ने भएका कारण दिउँसोको समयमा बन्द गरेर काम भइरहेको छ ।
हरेक दिन दिउँसो ११ बजे देखि ३ बजेसम्म सडक बन्द हुँदा काठमाडौं र पोखराबाट आउने सवारीलाई मुग्लिनमा र चितवनबाट जाने सवारीलाई दाशढुँगा मै रोकिने गरिएको छ । अति आवश्यक सवारी साधनलाई भने रोकिएको छैन् ।
दिउँसोको समयमा सडक खण्डमा पर्ने १६ किलो, घुमाउने, चार किलो र कालिखोलामा रहेको ठूला पहाडहरु फुटाउने काम भइरहेको जानकारी दिँदै आयेजनाका इन्जिनियर शिव खनालले पहाड फोर्ने र सडकको सतह मिलाउने दुवै काम सँगसँगै भइरहेको बताउनुभयो । सवारी चाप बढ्ने गरेका कारण नियमित काममा समस्या देखिएकाले दिउँसोको समयमा बन्द गरेर काम भइरहेको उहाँले बताउनुभयो । लक्ष्यअनुसार प्रगति भएन।
नारायणगढ मुग्लिन सडकखण्ड पुनर्निर्माणको काममा लक्ष्यअनुसार प्रगति देखिएको छैन । निर्माण सुरु भएपछिको यस अवधिमा ५० प्रतिशत काम हुनु पर्नेमा ३३ प्रतिशत मात्र प्रगति देखिएको छ । २०७२ सालको वैशाखबाट निर्माण कार्य सुरु गरिएको आयोजनाको २०७३ पुस १५ गतेसम्म ३३ प्रतिशत प्रगति देखिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । ‘यस अवधीमा ५० प्रतिशत काम सकिनु पर्नेमा १७ प्रतिशत कम प्रगति देखियो’ खनालले भन्नुभयो, ‘सुरुमा कमै देखिएपनि सडक कालोपत्रे गर्ने चरणमा पुगेपछि प्रगति प्रतिशत बढ्ने छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv