काठमाडौं । ठगी गर्ने मानिस पनि यस्ता हुन्छन्, जसले ६ वर्षसम्म संगत गरेर अन्त्यमा उसैलाई बिल्लीबाठ बनाइदिएको घटना छ । उमेरले ६ दशक काटिसकेकी रमा पाण्डेलाई चाँदनी गहना इन्टरप्राइजेजका संचालक जबर श्रेष्ठले ६ वर्ष संगत गरेर ठगेका हुन् । पाण्डेले श्रेष्ठलाई विश्वास गर्दा उनी अहिले घर न घाटको बन्न पुगेकी छिन् । उनको सब खुसी खोसिएको छ । पाण्डेसँग ६ वर्ष संगत गरेर श्रेष्ठले सबै सम्पत्ति लुटेर लगेका छन् ।
हाल श्रेष्ठ न्युयोर्कमा लुकेर बसेको पाइएको छ । उनी त्यहाँ लुकेर बसेपनि एक दिन उनले गरेको कुकर्मको पर्दाफास हुने विश्वस्त छौं ।
जनतासँग सिधा कुरा कार्यक्रम संचालन गर्ने रवि लामिछानेले न्युयोर्कवासीसँग यो आग्रह गरेका छन् , ‘न्युयोर्क निवासी नेपाली दिदी बहिनी दाजुभाई हो, यसलाई भाग्न नदिने जिम्मा तपाईहरुको । हामी अरु कानुनी प्रयासमा लाग्दैछौ ।’
जबर श्रेष्ठ पहिलदेखि नै प्रहरीको फन्दामा पर्दै छुट्ने गरेको पाइएको छ । केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले उनलाई केही समय पहिले पनि पक्राउ गरेको थियो ।
Post a Comment