Latest Updates :

मलेसियामा कम्पनि छोडी भागेर काम गर्ने नेपालीलाई खुसीको खबर : अवैधानिक विदेशी कामदारलाई अस्थायी ‘वर्कपास’ दिने मलेसिया सरकारको घोषणा


SHARE THIS POST :
मलेसिया – मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्वीकृति’ दिने भएको छ । मंगलबार विदेशी विदेशी एवं गैरकानुनी कामदारबारे संसदीय समितिको बैठकपछि मलेसियाली उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले उक्त कुरा बताएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाले गत वर्ष जनवरीमा संशोधित बजेट भाषणसँगै गैरकानुनी आप्रवासी कामदारलाई बैधता दिने घोषणा गरेको थियो । त्यसपछि गत वर्ष फेब्रुअरी १५ देखि ‘पुन: भर्ना एवं स्थानान्तरण कार्यक्रम’मार्फत दर्ता भई योग्य हुने कामदारलाई निर्माण, उत्पादन लगायत क्षेत्रमा रोजगारीमा लगाइएको थियो । त्यतिबेला रोजगारीका विभिन्न थप १७ सहायक क्षेत्रहरु खुला गरिएको थियो । त्यसरी गैरकानुनी कामदारलाई बैधता हुन दिइएको समयावधि सकीएको झण्डै तीन सातापछि मलेसियाको यस्तो निर्णय आएको हो ।

औद्योगिक क्षेत्रहरुमा भएको माग पूर्ति गर्न र गैरकानुनी कामदारको संख्या घटाउन यस्तो अवसर दिन लागेको हो । यो निर्णय लागू भएमा यहाँ गैरकानुनी अवस्थामा रहेका रहेका हजारौं नेपालीले बैधानिकता लिएर रोजगारी गर्न पाउनेछन् । यद्यपि यो निर्णय मलेसियाली महान्याधिवक्ताको कार्यलयबाट कानुनी प्रक्रियाबारे टुंगो लागिसकेपछि मात्र लागू हुने जनाइएको छ । गैरकानुनी कामदारले बैध हुन पूरा गर्नुपर्ने पूरा प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि हाल केहीपनि खुलाइएको छैन ।

स्थानीय संचारमाध्यमहरुका अनुसार रोजगारदाताले यसअघि विदेशी कामदारलाई रोजगारी दिन अबलम्बन गरेको सामान्य प्रक्रियाअनुसार नै यसपाली पनि गैरकानुनी कामदार राख्न पाउनेछन् । रोजगारदाताले कामदारको लेभी रकम र आवश्यक प्रक्रिया पूरा गरि कामदारको लागि अस्थायी श्रम स्विकृतिका लागि आवेदन दिनुपर्नेछ ।

थप चार क्षेत्र खुला
यसैबीच विदेशी कामदारका लागि रोजगारीका विभिन्न चार क्षेत्रहरु पनि खुला गरिएको जनाइएको छ । मलेसियाले गैरकानुनी हैसियतमा रहेका कामदारका लागि अस्थायी श्रम स्विकृति लिई सेवा, निर्माण लगायत अन्य क्षेत्रका साथै पोल्ट्री फार्म, खानी तथा उत्खनन्, कार्गो ह्याण्डिलिङ र ट्राभल एण्ड टुरिजम लगायत चार क्षेत्र समेत खुला गरिएको उल्लेख गरेको छ । समाचारहरुअनुसार यीमध्ये उत्खनन् र टुरिज्म क्षेत्र आगामी सन् २०२० सम्मका लागि खुला हुनेछ ।

नेपाली कामदारहरु बढीजसो सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् । त्यसका अलावा यहाँका थीम पार्क, गल्फ क्लब, होलसेल एण्ड रिटेल सप, टेक्सटाइल, ज्वेलरी, कार वास, वेयलफेयर एसिस्टेन्ट, मार्केट्स, पेट्रोल स्टेशन, हाइपर मार्केट, खानी, फर्नीचर, वायर हाउस, पोर्ट कार्गो लगायत विभिन्न क्षेत्रमा पनि विदेशी कामदार कार्यरत छन् ।

‘प्रमुख समस्या’
मलेसियालाई गैरकानुनी कामदारसम्बन्धी समस्या मलेसियालाई ठूलै पिरलो हुँदै आएको छ । आगामी सन् २०२० सम्ममा आफुलाई विकसित राष्ट्रको रुपमा उभ्याउने लक्ष्य बोकेको मलेसियाले गैरकानुनी कामदारका लागि दिएको झण्डै ७ बर्षयताको यो चौंथो ठूलो अवसर हो । यसअघि पनि यस्तै अवसरहरु दिइएको थियो र हजारौं नेपाली बैध भई कार्यरत छन् भने अन्य हजारौं नेपाली आममाफी प्रक्रियाअनुरुप स्वदेश फिरीसकेका छन् । करिब २२ लाखभन्दा बढी बैधानिक अवस्थामा कार्यरत आप्रवासी कामदार रहेको मलेसियामा अझैपनि लाखौंको संख्यामा गैरकानुनी अवस्थामा रहेको अनुमान छ ।

इकान्तिपुर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv