Latest Updates :

चरित्रहिन’ महिलाले घरमा बोलाएपछि बुद्धले यस्तो भने, जसले सबै पुरुषको शीर झुक्यो !


SHARE THIS POST :

महामानव गौतम बुद्ध र उनले प्राप्त गरेको ज्ञानका अनुयायी विश्वभर छन् । विश्वले शान्तिका अग्रदूत मान्ने गौतम बुद्धसँग जोडिएका कैयन यस्ता प्रसंग छन्, जसको चर्चा सर्वत्र हुने गर्दछ ।

यस्तै एक प्रसंग यहाँ प्रस्तुत गरिएको छ । जसले तपाईंलाई एउटा यथार्थ जानकारी गराउँछ, अतुल्य ज्ञान दिन्छ ।

सिद्धार्थ गौतम राजशी शाक्य खानदान छोडेर पहेँलो बस्त्र धारण गरी ज्ञान प्राप्ती र त्यसलाई संसारभर बाँढ्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई गाउँमा चरित्रहिन भनिन्थ्यो ।

ति महिलाले गौतम बुद्धसँग सोधिन, ‘तपाईं त कुनै राजकुमारजस्तो देखिनुहुन्छ, किन यस्तो युवावस्थामै पहेँलो बस्त्र धारण गर्नुभएको ?’

आफ्नो सन्यासबारे ति महिलाले प्रश्न सोधेपछि बुद्धले शालीनताका साथ जवाफ दिए, ‘मैले तीनवटा प्रश्नको जवाफ खोज्नको लागि सन्यास लिएको हुँ । अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो विस्तारै बुढो हुन्छ, बिरामी हुन्छ, अन्तत: मृत्युवरण गर्छ । म यो वृद्धावस्था, बिमारी र मृत्युको कारण जान चाहन्छु ।’

बुद्धको कुरा सुनेर ति महिला निकै प्रभावित भइन्, अनि उनलाई बेलुकाको खाना आफ्नो घरमा खानका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो स्वीकारे, तत्काल गाउँबासीलाई यो कुरा थाहा भयो । उनीहरुले ति महिला चरित्रहिन रहेकाले उनको घरमा नजान आग्रह गरे ।
गाउँबासीको यस्तो आग्रह सुनेपछि बुद्धले गाउँका मुखियालाई बोलाएर ‘गाउँबासीले भनेको कुरा सत्य हो ?’ भनि सोधे । मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाए अनि उनलाई ति महिलाकोमा नजान भने ।

तब बुद्धले ति मुखियाको एक हात समाते अनि भने, ‘ल ताली बजाऊ !’ मुखियाले भने, ‘यो कसरी सम्भव हुनसक्छ, एउटा हात तपाईंले समात्नु भएको छ, एक हातले तालीबज्न असम्भव छ ।’

त्यसपछि बुद्धले भने, ‘त्यसोभए एक्ली स्त्री कसरी चरित्रहिन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान भएको भए ति स्त्री चरित्रहिन हुने नै थिइनन् ।’ बुद्धको कुरा सुनेपछि सबैको आँखा खुल्यो । गाउँका सबै पुरुषहरुले लाजले शीर झुकाए ।

हाम्रो समाज पुरुष प्रधान छ, हामी महिलालाई मात्रै चरित्रहिन मान्छौं । कोही चरित्रहिन हुनुमा महिला र पुरुष दुवैको बराबर हात हुन्छ, भन्ने कुरा बुद्धको यो महान सन्देशबाट पनि प्रष्ट हुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv