Latest Updates :

आजको राशिफल - मिति २०७३ साल माघ १७ गते तृतीया तिथि सोमबार


SHARE THIS POST :

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। प्रतिफल अनिश्चित रहे पनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य कामले लोकप्रिय बनाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर अरूका काममा पनि समय खर्चनुपर्ला। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिएला। आफनो मेहनतबाट अरूले फाइदा उठाउलान्। नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला। पहिलेदेखि गरी आएको कामलाई मात्र निरन्तरता दिन सकिनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। तर, बलजफ्ती गर्दा काम बिग्रन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। विवेकले काम लिने चेष्टा गर्नुहोला। प्रयत्नले लक्ष्यमा पुर्याउनेछ। पुराना सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। बलजफ्तीले चुनौती निम्त्याउला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। नतिजाका लागि काम दोहोर्याउनुपर्ला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मेहनतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। नियमित काम भने सम्पादन हुनेछन्।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन होला। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।



धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धी हुन सक्छन्। कृषि तथा पशुपालनमा लगानी बढ्नेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिबन्धले अप्ठ्यारो सम्झौता गराउन सक्छ। हिम्मत लिँदा काम सम्पादन हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आँटले काम लिँदा फाइदा हुनेछ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। रमाइलो यात्राका साथै विशेष समारोहमा भाग लिने मौका छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छिटै पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुने देखिन्छ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।



मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुरुमा खर्च लागे पनि पहिलेको लगानीले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दु:ख देलान्। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। तापनि, चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउने समय छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। (नेपाली पात्रो)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv