Latest Updates :

मृत्युको मुखमा पुगेर बाँचेका राइ भन्छन्: ‘सायद काल पनि मसँग हारेर रित्तै फर्कियो’


SHARE THIS POST :
१२ माघ  |   रासस

सोलुखुम्बु – मङ्गलबार साँझ काठमाडौँबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो ।

चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राईको भनाइ थियो–‘मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो ।’

गत असोज ७ गते शनिबार साँझ घाँस काट्न रूख चढेका राई रूखको निकै माथिबाट लडे, करिब चार घन्टा बेहोस भएका राईका दुवै हात र एउटा खुट्टा भाँचियो भने कम्मरको हड्डी खुस्कियो । भाग्यले बाँचेका राईलाई उपचारका लागि राजधानी लैजान असोज ८ गते हेलिकप्टर चार्टर गरियो, उनलाई लिएर बिहान करिब ७ः३० बजे राजधानी फर्कन थालेको हेलिकप्टर उडेको केही सेकेन्डमै दुर्घटनामा प¥यो, तैपनि उनी बाँचे ।

माउन्टेन एअरको नाइनएन अल्फा लीमा क्युबिक कलसाइन भएको हेलिकप्टर लुक्ला विमानस्थलबाट जुभिङ स्वास्थ्य चौकी आएको थियो । हेलिकप्टर उडेपछि धुवाँ निस्कियो र पाइलटले हेलिकप्टर कोदोबारीमा लगेर आकस्मिक अवतरण गराए । क्याप्टेन सुरज थापाले हेलिकप्टरमै रहेको ग्यासको सहायताले हेलिकप्टरलाइ विस्फोट हुनबाट जोगाए । त्यसमा सवार ६ जना नै बाँच्न सफल भए । उनी त्यो घटना सम्झँदा पनि बर्बराउन थाल्छन् । पन्ध्र घण्टामा दुईपटक कालको मुखमा पुगेर बाँचेका उनी घटना सम्झँदै भन्छन्, “सायद काल पनि मसँग हारेर रित्तै फर्कियो ।”

‘टेक अफ’ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटिफिकेसनको सङ्केत आएपछि क्याप्टेन थापाले फोर्स ल्यान्डिङ गर्न लाग्दा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv