Latest Updates :

बुद्धको पाइला देखेर किन छक्क प-यो यो ज्योतिषी ?


SHARE THIS POST :

  सार महिनाको तातो अपराह्न थियो । भगवान् बुद्ध आफ्ना शिष्यहरूका साथ कतै गइरहनुभएको थियो । उहाँ हिँड्नुभएको बाटोमा कुनै पनि रुख थिएनन् । चारैतिर बालुवा नै बालुवा थियो । बालुवामा हिँड्दा तथागतको पाइला बन्दै गएको थियो । यी पाइलाका निशान सुन्दर थिए । त्यतिखेरै बुद्धका शिष्यहरूले एक रुख देखे । सबैजना रुखमुनि पुगेर आराम गर्न थाले । त्यतिखेरै त्यहाँ एकजना ज्योतिषी आइपुगे । उनी त्यही बाटो हिँडेर घर जाँदै थिए । उनले बालुवामा बुद्धको पाइला देखे । पाइला हेरेर उनी छक्क परिरहेका थिए । ती ज्योतिषीले जिन्दगीमा यस्तो पदचिह्न देखेका थिएनन् । चक्रवर्ती सम्राट्को यो पदचिह्न पछ्याउँदै जाँदा उनले एक संन्यासी अर्थात् बुद्धलाई पो भेटे । बुद्धको मुहारमा दिव्य चमक थियो । ज्योतिषीले बुद्धलाई हात जोडेर निवेदन गरे, ‘हजुरको पाइतालामा भएको पद्म अति दुर्लभ हो । हजारौं वर्षमा कुनै एक भाग्यशालीमा यस्तो चिह्न देखापर्छ । ज्योतिषविद्याका अनुसार हजुर त चक्रवर्ती सम्राट् हुनुपर्ने हो । तर …? यो सुनेर भगवान् बुद्ध हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंको ज्योतिषविद्या सही हो । तर अब म सबै बन्धनबाट मुक्त भइसकेको छु ।’ तपाईंले सम्पूर्ण बन्धनबाट छुटकारा पाएपछि कुनै ज्योतिषविद्याले काम गर्दैन -
मुनीको बिज्ञापन तपाईंलाई मनपर्न सक्छ | एकपटक हेर्नुहोल

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv