टिपरले किच्दा ट्याक्सी चालकको मृत्यु !
आजको खबर २०७३ माघ १२ बुधबार १०:५९:००
काठमाडौँ, १२ माघ, सोह्रखुट्टेमा आज बिहान भएको सडक दुर्घटनामा २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार करिब बिहान २ बजेतिर बा ३ ख ४५७९ नंको टिपर पल्टेर बा १ ज ७८८३ नंको ट्याक्सीलाई च्यापेपछि ट्याक्सी चालक प्रधान गम्भीर घाइते भएका थिए । काभ्रे स्थायी घर भएका प्रधानलाई घाइते अवस्थामा प्रहरीले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेको र उपचारका क्रममा बिहान सवा ३ बजे मृत्यु भएको महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न टिपर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको र टिपर नियन्त्रणमा लिएर बग्गिखानामा राखिएको छ । तस्विर: सांकेतिक/फायल -
Post a Comment