काठमाडौं, १२ माघ । पछिल्लो समय बलिउडका दुई नायिका दीपिका पादुकोणे र प्रियंका चौपडा हलिउडको यात्रामा छन् । दीपिका अभिनित् हलिउड चलचित्र प्रदर्शन भइसकेको छ भने प्रियंका अभिनित् चलचित्र भने प्रदर्शनको क्रममा छ ।
एकै समयमा हलिउड प्रवेश गरेका यी दुई नायिकाबीच तुलना गरिन्छ । एक अन्तर्वार्तामा प्रियंकाले दीपिका हलिउड गएकोमा खुसी लागेको बताएकी थिइँन् ।
यस्तै दीपिकाले पनि यस विषयमा मुख खोलेकी छिन् । उनले प्रियंका र आफू फरक रहेको र सफल हुनमा हलिउडको हाम्रो यात्रा अलग रहेको बताएकी छिन् । उनले अन्तर्वार्तामा हामी दुईलाई तुलना गरिनु गलत भएको समेत बताइन् ।
Post a Comment